nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य बनिन् आरती

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १७, २०७९, ८:४८ मध्यान्ह
४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य बनिन् आरती

जेठ १७ गते। राष्ट्रिय सभागृह सोमबार मानिसहरूले खचाखच भरिएको थियो । सभागृहमा काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथ समारोह थियो । जहाँ महानगरका १६२ नवनिर्वाचित जनप्रतिनिधिले शपथ ग्रहण गरे ।

शपथ ग्रहण गर्ने जनप्रतिनिधिहरू थरिथरिका थिए । तन्नेरी मेयर र उपमेयर, युवादेखि अनुभवी वडाध्यक्ष र सदस्यहरू समारोहमा थिए । सबैले आ-आफ्नो पद र ओहदाअनुसार  फरक-फरक व्यक्तिबाट शपथ लिए । अब पाँच वर्ष महानगरदेखि वडासम्म उनीहरूको जिम्मामा हुनेछ ।​

त्यही भिडमा थिइन् २२ वर्षीया आरती सुनार । महानगरको वडा नम्बर ५ की दलित महिला सदस्य। नेकपा एमालेबाट दलित सदस्य कोटाबाट टिकट पाएकी सुनार १ हजार ५ सय ८८ मत प्राप्‍त गरी विजयी भएकी हुन् । उनी शंकरदेव क्याम्पसमा स्नातक तहमा तेस्रो वर्षमा अध्ययनरत छिन् ।

सानैदेखि राजनीतिमा रूचि राख्‍ने सुनार कलेजदेखि नै राजनीतिक तथा सामाजिक काममा सक्रिय थिइन् । निर्वाचनको मिति सार्वजनिक भएसँगै परिवर्तन चाहने युवा भएकाले उनले आफ्नो उम्मेदवारी दर्ता गराइन् ।

‘एमालेको सक्रिय कार्यकर्ता रहेकाले युवाको पनि प्रतिनिधित्त्व हुने भएकाले पार्टीमा कुरा राखेँ,’ उम्मेदवार दर्ता गर्दाको क्षण सम्झिदै उनले भनिन् ।

सुनारको परिवारमा कोही पनि राजनीतिमा आवद्ध छैनन् । उनलाई अभिभावकले सानो उमेरमा राजनीतिमा जान नहुने सुझाव दिएका थिए । परिवारको पहिलो सन्तान रहेकी उनले परिवारबाट निर्वाचन ताका भने सहयोग पाइन् । सबैभन्दा बढी सहयोग आमा लिला सुनारबाट पाएको उनले सुनाइन्।

‘राजनीतिभित्र पनि धेरै राजनीति हुन्छ ,अहिले समय भएको छैन भन्दै हुनुहुन्थ्यो,’ आमालाई उदृत गर्दै उनले सुनाइन्,’ नसप्रिएको राजनीतिलाई युवाहरूको सहभागिताले नयाँ सन्देश दिन सकिन्छ भन्दै आएको हुँ ।’

सरकारी कार्यालयबाट दिइने सेवाबाट उनी आजित थिइन् । भन्छिन्,’ वडा कार्यालयबाट हुने ढिलासुस्तीका कामलाई अन्त्य गर्ने प्रयास गर्छु । सेवाग्राहीसँग समन्वय गर्नेछु । अहिले सबै काम गर्न सक्छु भनेर भन्दिनँ तर सकेको काम र सबैलाई सहयोग गर्न निरन्तर लागिरहन्छु ।’

सबैका लागि काम गर्नेछु

वडामा शिक्षाको क्षेत्रमा भएका गतिविधिहरूलाई सुधार गर्न चाहेको उनी बताउँछिन् । शिक्षामा आदर्शको मात्र कुरा गर्न उनी चाहन्नन् । दलित समुदाय र महिलाका लागि मात्र काम नगर्ने उनको भनाइ छ । समुदायमा बसेपछि सबैका लागि काम गर्ने उनको धारणा छ ।

सुनार महिला भएर महिलाको लागि काम गर्नैपर्छ भन्ने धारणाबाट मुक्त हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘महिलाको मात्र कुरा गर्दा कतै पुरुषका आवाजहरू त दबिएका छैनन् भनेर सोच्नेछु । समाजमा महिला र पुरुष दुवै बस्छन् नि होइन् र? म सबैका लागि काम गर्नेछु ।’

ज्येष्ठ नागरिक तथा बालबालिकाका आफ्ना अधिकार सधैंभरी वञ्चित हुने गरेको उनले महसुस गरेकी छिन् । आफ्नो कार्यकालमा युवालाई पनि समेटेर काम गर्ने योजना बनाउने उनले बताइन् ।

आईटीमा सिकेको ज्ञान वडामा लगाउँछु

आइटी कम्पनीमा करिब डेढ वर्ष काम गरेकी उनी वडा सदस्य हुनुअघि मासिक ४० हजार तलबमा काम गर्थिन्। आईटीको काम छोड्नुको कारण सुनाउँदै भन्छिन्,’ आईटीमा सिकेको काम वडा सदस्य भएर वडामा लागू गराउन चाहन्छु ।’ डिजिटल मार्केटिङको पनि उनले कोर्स पूरा गरेकी छन् ।

उनी महानगरमा युवा मेयर बालेन शाहको नेतृत्व आएकाले उत्साहित छिन् । युवा उम्मेदवार दर्ता हुँदा युवा मेयर आउनुमा अझ धेरै उर्जा प्राप्‍त गरेको उनले बताइन् । पार्टीको तर्फबाट भन्दा जनप्रतिनिधिको हैसियतले भन्दा उनले राम्रो सन्देश प्रवाह गरेको धारणा राखिन्।

राजनीतिमा लागिसकेपछि पार्टीलाई महानगरको निर्वाचनमा आफूले धोका नदिएको उनले बताइन् । मेयर उम्मेदवारमा केशव स्थापितलाई भोट हालिन् ।

उनी टिम वर्कमा विश्वास गर्छिन् । ‘कति कामको अनुभव बटुल्न सकिन्छ त्यस अनुसार अन्य पदमा उठ्न सकिन्छ,’ उनले हाँस्दै सुनाइन्,’ वडामा काम गर्ने शैली बुझेपछि माथिल्लो पदमा जान सक्छु होला ।’

शपथ लिएपछि उनले युवालाई सुझाव दिदै भनिन्,’ मोबाइलले युवालाई प्रयोग गरिरहेको छ । अब युवाले मोबाइल प्रयोग गर्नुपर्छ । घरभित्रबाट सामाजिक सञ्‍जाललाई स्क्रोल गरेर बस्न हुँदैन । बाहिरी दुनियाँ हेर्नुभन्दा घरबाट बाहिर निस्कनु भयो भने युवाका लागि धेरै अवसरहरू छन् ।’

Tags: देशको खबर

Discussion about this post

Related Posts

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

एसिसी प्रिमियर कप : ओमानविरुद्ध नेपालको पहिले ब्याटिङ

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८५२ चालक कारबाहीमा

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

आजको नेपालः माओवादीसँग विस्तृत शान्ति सम्झौताका लागि सहमति भएको दिन

आजको नेपालः माओवादीसँग विस्तृत शान्ति सम्झौताका लागि सहमति भएको दिन

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

मधेशमा मानवअधिकारको अवस्था : उजुरीको चाङ, कारबाही प्रक्रिया सुस्त

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

भारतका विभिन्न स्थानबाट १५ नेपाली बालबालिकाको उद्धार, आज परिवारको जिम्मा लगाइँदै

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

एनसेलद्वारा बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

यस्तो छ महान पाँच फुटबलरले ५० औँ गोल गर्दाको उमेर र खेल संख्या

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि