काठमाडौं/जेष्ठ १६ गते । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले ट्वीटरमार्फत जानकारी दिएका छन्। उनले ट्वीटरमा दुर्घटनाग्रस्त विमानको भग्नावसेस राख्दै आइतबार बिहान उद्धार टोलीले विमान फेला परेको जनाएका छन्।

खोजी र उद्धार टोलीले विमान रहेको स्थान पत्ता लगाएको र यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए। तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको ९ एनएईटी ट्विनअटर आइतबार बिहान बेपत्ता भएको थियो। विमानमा चालक दलका तीन सदस्यका साथै १९ जना यात्रु गरी २२ जना सवार थिए।





















Discussion about this post