काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौ न दुर्व्य वहारको आरोप लागेपछि निलम्बनमा परेका छन् ।
इन्टर्नसिपमा आएकी एक युवतीलाई यौ न दुर्व्यव हार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झा लाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्य वहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ । ‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ डा. ज्ञवालीले भने,’ ‘यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’
यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्य वहार गरेको फेला परेपछि झा दुई महिना निलम्बनमा परेका थिए ।





















Discussion about this post