जनकपुरधाम/जेष्ठ ५ गते । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुख र उप प्रमुख दुबै कांग्रेसले जितेको हो ।
प्रमुखमा विशेश्वर यादव निर्वाचित भएका छन् । उनी जसपाका उम्मेदबार पशुपति यादवलाई १ हजार २८ मतअन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित भएका विशेश्वरले ३ हजार ८८७ मत पाउँदा पशुपतिले २ हजार ८५९ मत पाएका छन् ।
उप प्रमुखमा पनि कांग्रेसकै उम्मेदबार निर्वाचित भएकी छन् । कांग्रेसकी शिलादेवी मण्डल ३ हजार ८८७ मत ल्याएर निर्वाचित भएकी हुन् । जसपाकी उम्मेदबार पुनिता कुमारीले २ हजार ७६६ मत ल्याइन् ।





















Discussion about this post