जनकपुरधाम/बैशाख ३१ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेसको बागी उम्मेदवार मनोज साहले करिब तेब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।
जनकपुरधाम उपमहानगर वडा १ को ११८० मतगणना हुँदा काँग्रेसका बागी मनोजले ४०६, नेकपा एमालेका शिवशङ्कर साह हिराले १५०, स्वतन्त्र उम्मेदवार बलराम महतोले ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले ६८ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका जसपा नेपालका लालकिशोर साह भने छैटौँ स्थानमा छन् । उनले अहिलेसम्ममा ६० मत मात्र ल्याउन सकेका छन् ।
त्यस्तै जनकपुरधाम उपमहानगरको उपमेयरमा काँग्रेसको किशोरी साहले ४६३ मत, एमालेकी उम्मेदवार रुना झाले १८२, लोसपा नेपालका उम्मेदवार रिताकुमारी मिश्रले ८२ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले ८२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । किशोरी पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् ।















Discussion about this post