nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
बैशाख ९, २०७९, ९:०० मध्यान्ह
हुलाकी राजमार्गको सप्तरी-सर्लाही खण्डको ८० प्रतिशत कालोपत्र सम्पन्न

राजु विश्वकर्मा (रासस)/ बैशाख ९ गते ।नेपालकै पहिलो राजमार्ग हुलाकी राजमार्ग अन्तर्गत सप्तरीदेखि सर्लाही सम्मको करिब ८० प्रतिशत सडक खण्डमा कालोपत्र सकिएको छ ।

पुर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम सर्लाहीको मलंगवा खरैया टोलसम्मको २५८ किलो मिटर सडक मध्ये हालसम्म १७२ किलो मिटर सडकमा कालोपत्र सकिएको जनाएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका अनुसार हुलाकी सडक अन्तर्गत सिरहादेखि सर्लाहीसम्मको करिब २३३ किलो मिटर सडक अन्तर्गत हालसम्म १५३ किलो मिटर सडकमा कालोपत्र सकिएको छ । बाँकी ८० किलो मिटर सडकमा पनि तिब्र रुपमा काम भईरहेको जनाएको छ ।

जनकपुरधामस्थित कदम चौकदेखि कमला नदीसम्मको २६ किलो सडकमध्ये १८ किलो मिटर सडकमा कालोपत्र गरिएको र बाँकी ८ किलोमिटर पनि तिब्र रुपमा काम भईरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

यस्तै सप्तरी र सिरहाको सिमा छुट्याउने बलान नदीदेखि कमला नदीसम्मको सिरहा खण्डको ३० किलो मिटर सडक मध्ये २४ किलो मिटर कालोपत्र सकिएको र बाँकी ६ किलो मिटर सडकमा पनि केही दिनभित्रै कालोपत्र सकिने प्रमुख महतोले बताए ।

सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जे.भी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै काम सकिने गरि काम तिब्र रुपमा भईरहेको जनाएको छ ।

दुई लेनको उक्त सडक सडक कालोपत्र गर्न रु. एक अर्व २० करोड २० लाख रुपैयाँमा सम्झौता भएको ठेक्का कम्पनीका इन्जिनियर चन्द्र यादवले जानकारी दिए । धनुषा र सिरहा खण्डमा खण्ड निर्माणको कामले गति लिएपनि सर्लाही खण्डमा भन्ने भर्खरै मात्र काम सुरु भएको छ ।
सर्लाहीको सितलपुर–मलंगवा खरैया टोलसम्मको सडक निर्माणका काम सुरुमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट हुँदै आएपनि काम अघि बढ्न नसकेको भन्दै हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामलाई हस्तान्तरण गरिएको थियो ।

करिब ४२ किलो मिटरको सो सडक हुलाकी राजमार्ग आयोजना कार्यालयमा हस्तान्तरण भएयता एक किलो मिटर सडकमा कालोपत्रको काम सम्पन्न भएको र अन्य खण्डमा माटो ग्राभेलको काम भईरहेको प्रमुख महतोले जानकारी दिए ।

चालु आर्थिक बर्षभित्रै हुलाकी सडक निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिएपनि राजमार्गभित्र परेका घर टहरा हटाउन भएको ढिलाई, ठाउँ ठाउँमा जग्गा सम्बन्धि बिवाद र कोभिड १९ माहामारी लगायतका कारण हुलाकी राजमार्ग निर्माणको कार्य केही पछि धकेलिएको उनको भनाई छ ।

यस्तै हुलाकी राजमार्ग अन्तर्गत सिरहादेखि सर्लाही सम्म सडक खण्डमा निर्माणधिन नौ वटा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामले जनाएको छ ।

सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिम बलान सम्मको सप्तरी खण्डमा करिब २१ किलो मिटर सडक कालोपत्रे गरिसकेको निर्माण कम्पनि रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिए । बाँकी सडकमा समेत कालोपत्रे गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भईरहेको कन्ट्याक्ट म्यानेजर यादवले बताए ।

करिब २५ किलो मिटरको सो खण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाई छ । डिभिएम ७ मिटर र दुबै छेउको सोलजर २-२ मिटर गरी ११ मिटरको सडक निर्माण भईरहेको छ ।

२०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्ष्य भएपनि सडक निर्माणका क्रममा बिभिन्न स्थानका स्थानीयहरुले जग्गा बिवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुदाँ काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको कन्ट्याक्ट म्यानेजर यादवको कथन छ ।

मधेशकै लाईफ लाईनको रुपमा मानिएको हुलाकी सडकको निर्माणको काम तिब्र रुपमा अघि बढेपछि सो भेगका सर्वसाधारणहरु खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौं युवाहरुमा रोजगारीको अवसर सृजना हुने स्थानियहरुको विश्वास छ ।

हुलाकी सडक जिर्ण हुदाँ सर्वसाधारण सास्ती बेहोर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकाम सम्म पुग्न सकिने स्थानियहरुको भनाई छ ।

पूर्व पश्चिम राजमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको हुलाकी राजमार्गलाई राणाकालीन समयदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिंड्ने छोटो बाटो जसलाई पदम शमशेरले आगाडि बढाएकाले पदम रोड पनि भनिने गरिन्छ ।

पूर्व पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमीको ३२ वटा सहायक राजमार्गहरू छन् । भारतका तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले २०४७ सालमा नेपाल भ्रमणको क्रममा हुलाकी राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतीय सहयोगको सैद्धान्तिक सहमति २०६१ सालमा भएपनि नेपालमा २०६२÷०६३ को परिवर्तन पश्चात भारत सरकारले नेपाल सरकारबाट छनौट भएका १ हजार ४४० किलोमिटर सडकहरूको डिजाइन सुपरीवेक्षण र निर्माण तीन चरणमा गर्ने गरी सम्झौता गरिएको थियो ।

सो बापत लाग्ने सम्पूर्ण खर्च भारत सरकारले व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपाल सरकारले गर्ने प्रावधानसहितको सम्झदारी भएको थियो ।

तर विविद्य राजनैतिक उतारचढावका कारणले हुलाकी सड्क निर्माणको काम बीचमै रोकिएको थियो । नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार ७९२ किलोमिटर छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

जनकपुरधाममा १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा वडा अध्यक्ष कप सुरु

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

पत्रकारितामाथि बढ्दो अविश्वासबारे आत्मसमीक्षा आवश्यकः सभामुख यादव

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्दविरुद्ध आन्दोलन जारी

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

जनकपुरधाममा एआई फर मोडर्न जर्नालिज्न सम्बन्धी तालिम

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!