nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सवारी साधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ : मन्त्री रेनु यादव

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २७, २०७८, ९:४३ मध्यान्ह
अधुरो सडकहरुलाई एक महिना भित्र निर्माण गर्न मन्त्री यादवको निर्देशन

चैत २७ गते। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन् । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताइन् ।

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताइन् । उनले भनिन्, “बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ ।”

बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने मन्त्री यादवले बताइन् । कोभिडका कारणले लामो समयसम्म सवारीसाधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ थियो । कतिपय सवारीसाधनमा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उनले बताइन् । विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उनले बताइन् ।

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताइन् । एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उनले जानकारी दिइन् । केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उनले बताइन् । उनले भनिन्, ‘अहिले जयनगरबाट कुर्थासम्म रेल सञ्चालनमा रहेकामा छिट्टै बिजुलपुरासम्म विस्तार हुनेछ ।’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले नेपालमा अरू किसिमका यातायातको विकास गर्न लामो समय लाग्ने देखिएकाले सडक सञ्जाल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बजारमा सबै कुराको भाउ बढ्दा पनि सवारीसाधनको भाडा बढ्न नसक्ने गरेको बताइन् । आजदेखि सुरु भएको  महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ । सोमबारदेखि गोदावरीस्थित सम्मेलन केन्द्रमा बन्द सत्र सुरु हुने बताइएको छ । 

Tags: राजनिति

Discussion about this post

Related Posts

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध पत्रकार महासंघ धनुषाको धर्ना

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

हरियाणामा बन्धक बनाइएका १६ नेपाली श्रमिक उद्धार, सकुशल स्वदेश फिर्ता

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सरस्वती मा.वि. कनकपट्टीमा दिव्य विकास स्रोत केन्द्र (DDRC) ले गर्‍यो विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच अन्तरक्रियात्मक संवाद

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!