जनकपुरधाम/चैत १३ गते। आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृ त्यु भएको छ । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आइबार वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईँले जानकारी दिए ।
दुर्घटनामा परेर भारतको वेतिया बेलसन्धि कोडार पिपरा पंचायत वस्ने २४ वर्षीय सुनिल यादव, सिन्धुलीको तिनपट्टा गाउँपालिका २ बस्ने ३० वर्षीया शर्मिला कार्की क्षेष्ठको मृत्यु भएको हो । त्यस्तै एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन् ।




















Discussion about this post