अरुण कुमार यादव/राजविराज/फागुन २५ गते। सामाजिक न्याय र लैङ्गिक समानताः दिगो विकासको सुनिश्चितताँ नाराको साथ सबल नेपालले ११२ औ अन्तर्ष्टिय महिला दिवस खडक नगरपालिका एवं सुरुङ्ग नगरपालिकामा विविध कार्यक्रमको आयोजना गरी मनाईएको छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सुरुङा नगरपालिकाको श्री राष्ट्रिय प्राथमिक विद्यालय कदमहा सुरुङा ४ मा र्याली , सास्कृती , सम्मान कार्यक्रमको आयोजना गरीएको थियो भने खडक नगरपालिकाको श्री भ.स.रा.ज. माध्यमिक बिधालय कल्याणपुरको प्रांगनमा सम्मान कार्यक्रम , नाटक , बक्तृतकला प्रतियोगिता ,सास्कृती कार्यक्रमको आयोजना गरीएको थियो ।

खडक नगरपालिका वडा न ७ को वडा अध्यक्ष राकेश कुमार साहको प्रमुख अतिथी र महिला बालबालिक शाखा प्रमुख अनिता कुमार साहको अध्यक्षता , बिशिस्ट अतिथी भगवती प्रसार चौधरी , बिरेन्द्र कुमार यादव , अतिथी महिनारायन चौधरी , रामाकान्त चौधरी , जाकिर हुसेन , सबल नेपाल बाट सुषमा साह , अशोक कुमार साह , सुरेखा चौधरी , निर्मला साह , राजेश कुमार साह र विभिन्न बिधालयका प्र.अ , सहकारी , किशोरी समूह , नगर बाल क्लब संजाल समेत सहभागी भएको थियो ।

कार्यक्रम सन्चालन नगर बाल क्लब सन्जाल प्रहलाद चौधरीले गरेको थियो । नाटक र बक्तृतकला प्रतियोगितामा प्रथम दोस्रो , तेस्रो बिजेतालाई स्टेशनरी प्रमाणपत्र , ज्यामिती बक्स बितरन गरेको थियो ।

यसैगरी एसएनभि नेपालको सहयोगमा खडक नगरपालिका अन्तर्गतको वडा नं ३ को पासमान बस्तीमा सरसफाई, र्याली तथा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरीएको थियो जसमा पछिल्लो समयमा न्यॉ चर्पी बनाउने ८ जना महिलाहरुको दिगो सरसफाइमा योगदान पुर्याए बापत सम्मान समेत गरिएको थियो।

















Discussion about this post