अरुण कुमार यादव/सप्तरी/फागुन २० गते । बालबिवाह अभियान अन्तर्गत आज यहाँ एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
सप्तरीको खडक नगरपालिकामा सेभ द चिल्ड्रेन र सबल नेपालको समन्वय तथा खडक नगरपालिका महिला तथा बाल बालिका शाखद्धारा आयोजित बाल बिबाह सम्बन्धि अन्तक्रिया कार्यक्रममा बिबाहको प्रकार, यसबाट हुने असर , कानुनी दन्ड सजायको बारेमा बिभिन्न बक्तहरुले चर्चा गरेको थियो ।

प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण दुवारा बाल बालिका भएको समस्या तथा अगामी दिनमा हुने कार्यक्रमको बारेमा खडक नगरपालिकाले सहकार्य गरि उतकृस्ट योजना ल्याए नगरपालिकाले जति सक्दो सहयोग गर्न जान्कारी दिनुभयो ।
खडक नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख अनिता कुमारी साहको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमको सहजीकरण बाल बालिका शाखा अनिता कुमारी साह सबल नेपालको कार्यक्रम सुपरभाइजर अशोक कुमार साहले गरेको थियो ।
प्रमुख अतिथि खडक नगरपालिका उप प्रमुख यसमिन सुल्तानको प्रमुख आतिथियमा आयोजित अन्तरक्रिया कार्यक्रममा , बिशिस्ट अतिथी खडक नगरपालिकाको प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण, अतिथी प्रशासन शाखा रामाकान्त चौधरी , इन्जिनियर महिनारायन चौधरी , सबल नेपालको कार्यक्रम सुपरभाइजर अशोक कुमार साह , नगर बाल क्लब संजाल प्रहलाद चौधरीको सहभागी रहेको थियो ।
कार्यक्रम संचलन खडक नगर बाल क्लब संजालको अध्यक्ष प्रहलाद चौधरीले गरेका थिए ।
सुभकामना मन्तव्य भने नगर बाल क्लब सन्जालको सदस्य सोनिया कुमारी मण्डलले गरे । यस कार्यक्रममा सहभागी खडक नगरपालिका बाल क्लब ,नगर बाल क्लब संजाल पदाधिकारी , सहकारी संस्था समेत सहभागी भएको थियो ।

















Discussion about this post