अवधेश झा/राजविराज/माघ २९ गते। कु टपि टको घटनामा संलग्न सबैलाई प्रहरीले प क्राउ नगरेको भन्दै सप्तरीको तिलाठि कोइलाडी गाउँपालिका–४ का स्थानीयहरुले शनिबार बिहानैदेखि सप्तरीको कोइलाडी बसाइन प्रहरी चौकी घेराउ गरेका छन् । प्रहरी चौकी अगाडि टायर बालेर प्रदर्शन गर्दै स्थानीयहरुले नाराबाजी गर्दै चौकी घेरेका हुन् ।
गाई चराउन जाँदै गरेकी कोइलाडीकी पुनिता कुमारी कामतको बाछोलाई मोटरसाइकलले ठक्कर दिएपछि विकास सिंहलगायतको समूहले पुनितालाई कु टपिट गरेको वडाध्यक्ष गोपी मण्डलले बताए । उनका अनुसार पुनिता कु टिएपछि उनको परिवार र टोलका मानिसहरु जाँदा उनीहरुलाई समेत कु टपिट गरिएको थियोे ।
खबर गर्दा पनि समयमा प्रहरी न आएको र संलग्न सबैलाई प क्राउ न गरेको भन्दै स्थानीयहरु प्रहरी चौकी घेराउ गर्न पुगेका हुन् ।
जिल्ला प्रहरीका डिएसपी माधव काफ्लेले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइसकेको बताए । घटनामा संलग्न सबै जनालाई नियन्त्रणमा नलिएसम्म प्रहरी चौकी घेराउ गरिरहने उनीहरुले बताएका छन् ।
स्रोत साभार-कान्तिपुर बाट

















Discussion about this post