माघ २६ गते। रौतहटमा एक महिलाको श व गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको श व फेला परेको हो ।
स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको श व गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

मृतक खातुनको पारिवारिक श्रोतको अनुसार इशनाथ नपा ७ घिउरा गाउँका २२ बर्षिय युवक फैयाद धुनियासँग उनको गत वर्ष बिहे पक्का भएको थियो । मंगलवार साँझ युवकले भेट्न फोन गरेर बोलाएका थिए । हिजो साँझ भेट्न हिँडेकी खातुन विहान मृत श व फेला परेकी हुन् । घटनास्थल पुगेका रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले शवको प्रकृति हेर्दा घाँटी थिचेर ह त्या गरिएको हुनसक्ने बताए ।

मृतक महिलाको मुखमा कपडा कोचिएको अवस्थामा श व भेटिएको छ । घटना पछि बिहे पक्का भएका युवक फ रार छन् । फ रार युवक फैयादको खोजतालास भैरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















Discussion about this post