जनकपुरधाम/माघ २१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजमार्ग केन्द्रित आन्दोलन स्थगित निर्णय गरेको छ ।
माघ २० गते रातिबाट आँधिबेहरी, असिना र बर्षासहित मौसम प्रतिकुल हुन आएको र यस्तो मौसम करिब एक हप्ता लम्बिने पूर्वानुमान रहेकाले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरिएको पार्टीका महासचिव चन्दन सिंहले बताए ।
मौसमले साथ दिए अनुसार गाउँपालिका/नगरपालिका केन्द्रित अन्तरकृयामूलक कार्यक्रम र अन्य पार्टी तथा संघसंगठनबाट समर्थन लिने किसिमको कार्यक्रम गरिने निर्णय बैठकले गरेको महासचिव सिंहले बताएका छन् ।
मौसममा सुधार भएपछि आगामी फागुन १ गतेदेखि आन्दोलनको अर्को कार्यतालिका बनाउने निर्णय भएको उनले बताए ।
हेर्नुहोस केन्द्रीय कार्यकारिणी समितिको निर्णयहरु






















Discussion about this post