nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ : जग्गा किन्ने वहानामा महिला संग निकटता भगाउन दबाब दिँदा महिलाको ह त्या,यसरी भएको थियो घटना

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १, २०७८, ७:३२ मध्यान्ह
प्रदेश २ : जग्गा किन्ने वहानामा महिला संग निकटता भगाउन दबाब दिँदा महिलाको ह त्या,यसरी भएको थियो घटना

माघ १ गते । गत २३ पुसमा सर्लाहीको बरहथवामा मृ त अवस्थामा फेला परेकी महिलाको ह त्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर ईलाका प्रहरी कार्यालय बरहथवाले घटनामा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

गत १७ पुसबाट वेपत्ता भएकी बरहथवा नगरपालिका–१०, निवासी सुरत रामकी श्रीमती ३२ बर्षकी सावित्री कुमारी महराको घरबाट केही टाढा उखुबारीमा श व फेला परेको थियो । मृ तक महिलाको श व सोही वडास्थित उखुबारीमा शरीरको विभिन्न भाग जलेको अवस्थामा निवस्त्र फेला परेको हो ।

घटनामा सर्लाहीको हरिवन नगरपालिका–१०, ताइवान टोल बस्ने २७ वर्षका सन्तोष साह, सोही स्थान बस्ने २७ वर्षकै मुकेश ब्लोन र २२ बर्षका रोहित हजरा संलग्न रहेको खुलेको छ । घटनाको सुक्ष्म अनुसन्धानको क्रममा उनीहरुको घटनामा संलग्नता पाहिएको इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी उमा शंकर यादवले जानकारी दिए । अनुसन्धानबाट मृ तक महिला र अभियुक्त सन्तोष साहबीच केही समययता सम्बन्ध रहेको खुलेको छ ।

सोही सम्बन्धका कारण मृ तक महिलाले अभियुक्त सन्तोषलाई आफूलाई भगाउन बारम्बार दबाब दिँदै आएकी थिइन् । विवाहित सन्तोषले भगाउन नसक्ने भएपछि गाउँकै दुई साथीलाई केही पैसा दिने लोभसमेत देखाएर ह त्या गरेका प्रहरीले जनाएको हो । प्रहरीले घटनामा प्रयोग भएको एक थान मोटरसाइकल तथा घटनास्थलबाट बरामद भएको सामाग्रीसमेत पत्रकार सम्मेलनको क्रममा सार्वजनिक गरेको छ ।

मृ तक महिलाका श्रीमान विगत ८–१० वर्षदेखि कामको सिलसिलामा कतारमा रहेका थिए । उनी २ वर्ष पहिला मात्र नेपाल आएर गएका थिए । उनीहरुको दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । मृतक महिलाको १२, ८ र ५ बर्षको सन्तान रहेको पारिवारिक श्रोतले जनाएको छ ।

यसरी भएको थियो घटना

मृ तक महिलाका श्रीमान लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका थिए । उनले कमाएको पैसाले उनीहरुले पहिलाको घरबाट केही पर केही जग्गा किनेर घर बनाएका थिए । सोही घरमा मृ तक महिला र उन तीन छोराछोरी बस्ने गर्थे । श्रीमान सुरतले विदेशमा कमाएको पैसाले घडेरी किन्ने योजना बनाए । पहिलादेखि नै आफूले कमाएको पैसा श्रीमतीलाई पठाउँदै आएका थिए ।

सुरतकाअनुसार यस पटक पनि विभिन्न समयमा गरेर श्रीमतीलाई दश लाखको हाराहारीमा पैसा पठाइसकेका थिए । जग्गा किन्ने क्रममा जग्गा दलाली गर्ने सन्तोषसँग मृ तक महिलाका बुवाको चिनजान भएको थियो । सोही चिनजान श्रीमान सुरत हुँदै मृ तक महिलामा आएर जोडिएको थियो । जग्गा किन्न भनेर मृ तकले सन्तोषलाई दुई लाख बैनासमेत दिएकी थिइन् ।

यसरी उनीहरुको नियमित भेटघाट र फोन सम्पर्क भएको प्रहरीको भनाइ छ । त्यसपछि उनीहरु नियमित भेट गर्ने विभिन्न काम पर्दा सन्तोष महिलाको घरमा पुग्ने गरेका थिए भने मृ तक महिलाका श्रीमानले पठाएको पैसा उनीहरुले खर्च गरेको देखिएको छ । भेटघाटको समय बित्दै जाँदा मृ तक महिलाले सन्तोषलाई आफूसँग बिहे गर्न र भगाउन दबाब दिन थालिन् ।

सोही क्रममा केही समय पहिलामात्र सन्तोषको बुवाको मृ त्यु भयो । उनी केही समय बुवाको काजक्रियामा ब्यस्त भए । त्यसबाट फेरि उनी दैनिक काममा फर्किएपछि महिलाले विहेका लागि दबाब दिन थालिन् । मृ तक महिलाका श्रीमान पनि घर फर्कने दिन नजिकिँदै जाँदा उनलाई तनाव बढ्दै गएको थियो । १७ पुसमा महिलाले फोनमा सन्तोषलाई आफूलाई भगाउन दबाब दिइन् ।

सन्तोषले पनि हुन्छ भनिदिए । त्यसपछि घटनामा संलग्न तिनै जना अभियुक्तहरू एक होटलमा बसेर सँगै मदिरा सेवन गरे । सोही क्रममा सन्तोषले साथीहरुसँग आफ्नो समस्या राख्छन् । साथीहरुले महिलाको ह त्या गर्ने उपाय सुझाउँछन् । त्यसपछि सन्तोषले केही पैसा दिने लोभ देखाएर दुई साथीसँग सहयोग माग्छन् । साथीहरुले साथ दिने योजना बनेपछि सन्तोषले आफू लिन आउँदै गरेको बताउँदै राति ८ बजेतिर तयार बस्न महिलालाई आग्रह गर्छन् ।

त्यसपछि उनीहरु महिलाको घरतर्फ हानिन्छन् । पूर्वयोजना बमोजिम सन्तोषले दुई जनालाई कटानीस्थित उखु घारीमा लुकेर बस्न अह्राउँछन् । र आफू मृ तक महिलालाई लिन जान्छन् । महिलालाई लिएर आएका सन्तोषले साथीहरुलाई लुकाएको ठाउँ आएपछि पिसाव फेर्ने बहानामा मोटरसाइकल रोकेर उनी उखु घारीतिर लाग्छन् । त्यसलगतै तिनै जना आएर महिलाको मुख र घाटीमा थिचेर ह त्या गर्छन् ।

त्यसपछि उनीहरुले श व उखु बारीमा फालि दिन्छन् । घटनाको प्रमाण मेटाउने उद्देश्यले उनीहरुले महिलाको कपडा खोलेर राखी मोटर साइकलबाट बोटलमा पेट्रोल झिक्छन् । सोही पेट्रोल छर्किएर जलाउन खोज्दा उनीहरुसँग लाइटर नभएपछि फेरि बरहथवा स्थित बजारमा रहेको एक पसलबाट दुईवटा चुरोट र लाइटर किनेर फेरि महिलाको श व भएको स्थानमा पुग्छन् ।

मोटरसाइकल तयारी अवस्थामा राखेर आगो लगाई उनीहरु त्यहाँबाट फर्कन्छन् । यसरी महिलाको ह त्या गरेर जलाएका उनीहरुले महिलासँग रहेको ब्यागसमेत सँगै लगेका हुन्छन् । सो ब्यागसमेत केही वर सोल्टी गेट नजिकै चेक गर्दा पैसा फेला नपरेपछि ब्याग त्यही फालेर उनीहरु घर फर्कन्छन् । उक्त श व स्थानीयले देखेपछि २३ पुसमा प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर परीक्षणको लागि जिल्ला अस्पताल पुर्याउँछ ।

घटनाको एक हप्तापछि २४ पुसमा सन्तोष साह र २७ गते अन्य दुई जना मुकेश ब्लोन र रोहित हजरालाई प्रहरीले प क्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो ।  प्रहरीले घटनास्थलबाट महिलाको चप्पल, महिलाले ओढ्ने सललगायत अन्य थुप्रै मेकपका सामान र अनुसन्धानको क्रममा अभियुक्तहरूले प्रयोग गरेको मोबाइल फोन, ना ४५ प ५२०७ नम्बरको रातो कालो २२० सीसीको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!