nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छोराको मोहले गर्भ पतन गराउनेकाे संख्या बढ्दाे

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २५, २०७८, ९:०० मध्यान्ह
सप्तरीमा बलात्कार गरी गर्भवती बनाएने एक आरोपी पक्राउ

सुधा देव/सप्तरी/ पुस २५ गते । राजविराज नगरपालिका-१६ की ३५ वर्षीया विमला यादव (नाम परिवर्तन) एक छोरा र दुई छोरीकी आमा हुन्। उनी अझै एउटा छोरा पाउने आशमा छिन्। उनले चौथो सन्तान लिंग पहिचान गरी गर्भ पतन गराइन्।

उनको श्रीमान् वैदेशिक रोजगारको क्रममा विदेशमा छन्। विदेशबाट आएपछि पुनः छोरा पाउने मनस्थिति बनाएको विमलाको भनाइ छ। उनले भनिन्, `मेरो परिवारमा चार पुस्तादेखि एउटै छोरा हुँदै आएकाले हामी दम्पतीमा दुई छोरा जन्माउने चाहना भएको हो।´

राजविराज नगरपालिका-२ की ३३ वर्षीया मोनाज खातुन (नाम परिवर्तन) तीन छोरीकी आमा हुन् । उनले गर्भमा छोरी भएकैले दुईपटक गर्भ पतन गराइसकेकी छन्। उनले भनिन्,´तीनवटी छोरी भए पनि छोरा पनि चाहिने भएकाले छोरा पाउने आसमा दुईपटक गर्भ पतन गराउन बाध्य भएँ।´

उनकै छिमेकी ३८ वर्षीया प्रवीणा शर्मा (नाम परिवर्तन) ले छोरा पाउने आशमा पाँचवटी छोरी पाइसकेकी छन्। अझ पनि छोराको पर्खाइमा रहेको उनले बताइन्। उनले भनिन्, ´छोरीहरूले त विवाह गरेर गइहाल्छन्। बुढेसकालको सहारा भनेको छोरा नै हो। छोरा भएन भने समाजले पनि यसलाई छोरा छैन भन्छन् । पाँचवटी छोरीलाई जन्म दिने रहर थिएन ।´

लिंग पहिचान गर्ने र गर्भ पतन गराउने पैसा नभएकाले गर्भपतन गराउन नसकेको उनले बताइन्। लिंग पहिचान गर्न र गर्भ पतन गर्न कम्तीमा २५ हजारदेखि बढीमा ५० हजार रुपैयाँ लाग्ने गरेको प्रवीणाले बताउँछिन्।

राजविराज-३ का ४७ वर्षीय शंकर दास (नाम परिवर्तन) को तीनवटै छोरीको विवाह भएपछि एक दुर्घटनामा छोराको मृ त्यु भयो । छोराकै लागि उनले अर्को विवाह गरे। कान्छीपट्टि पनि उनकाे एउटी छोरी जन्मिएकाे छ। तर अझै छोराको पर्खाइमा उनको परिवार छ। उनले भने,´अर्को विवाह गर्ने सोच कहिल्यै पनि थिएन।भएको एउटा छोरा पनि नरहेपछि विवाह गर्न बाध्य भएँ ।´

आफ्नो लागि भन्दा पनि अरूले यसको छोरा छैन भन्लान् भन्ने डरले विभिन्न चुनौती सहेर छोरा पाउन बाध्य भएका सर्वसाधारण हाम्रो समाजमा धेरै रहेको नर्स रेखा देवले बताउँछिन्। उनले भनिन्,´हाम्रो समाज विस्तारै सचेत भएकाे छ। सबैलाई थाहा छ, छोराभन्दा छोरीले हरेक क्षेत्रमा बढी काम गर्न सक्छन्। आमाबुबाको राम्रो हेरचाह पनि छोरीले नै गर्छन्। तर पनि छोराप्रतिको मोह हट्न नसक्नु दु:खद हो।´

राजविराजमा लामो समयदेखि भिडियो एक्सरे गर्दै आएका एक रेडियोलोजिस्टका अनुसार दिनहुँ लिंग पहिचान गरिदिन भनी तीनदेखि ६ परिवार आउने गर्छन्।

नेपालको कानुनमा भ्रुण लिंग पहिचान गरी गर्भ पतन गर्न, गराउन नहुने भनिएको अधिवक्ता दानो चौधरी बताउँछिन् । कसैले गर्भ पतन गराउने उद्देश्यले गर्भमा रहेको भ्रुण लिंग पहिचान हुने कुनै काम गर्ने, लिंग पहिचान भएपछि गर्भ पतन गर्ने, गराउने ब्यक्तिलाई कानुनबमोजिम कारबाही हुने व्यवस्था रहेको उनकाे भनाइ छ । उनले भनिन्, ´बाह्र हप्ताभन्दा बढी २५ हप्तासम्मको तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्मको जरिवाना हुने कानुनमा ब्यवस्था छ।´

अहिले पनि लिंग पहिचान गरी गर्भपतन गराउने संख्या सप्तरीमा उल्लेखनीय भए पनि यसको वास्तविक तथ्यांक नरहेको एक स्वास्थ्यकर्मीले बताए।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

उच्च अदालत जनकपुरमा मुद्दा सुनुवाइको प्रत्यक्ष प्रसारण सुरु

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

जसपा नेपालले उठाउँदै आएको एजेण्डा केन्द्रमा पुगेको छ–उपेन्द्र यादव

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

सुकुमबासीलाई असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

ढिलो गरी चितवनमा रास्वपाको बन्द सत्र सुरू, बालेन्द्र शाह गएनन

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

मानव सेवा आश्रममा नेपाली सेनाद्वारा भोजन तथा राहत सामग्री वितरण

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

यी हुन् उत्कृष्ट पाँच देश, स्विटजरल्याण्ड पहिलो नम्बरमा

भैरहवामा ‘सीईओ डायलग’

भैरहवामा ‘सीईओ डायलग’

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

भन्सालीको ‘लभ एन्ड वार’को सेटमा भयानक दुर्घटना, क्षतिपुर्तिसहित ४० लाख सहयोग

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

एन्डी बर्नह्याम बेलायतका भावी प्रधानमन्त्री, जो थिए सुरूमा पत्रकार

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

बिहान मनताताे पानीमा कागती हालेर खानुहाेस्, सदैव स्फुर्ति रहनुहाेस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!