महोत्तरी/पुस १७ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ।
सर्लाही ईश्वरपुर नगरपालिका –४ भक्तिपुर बस्ने अन्दाजी ४८ वर्षका भुवनप्रसाद उपाध्यायको दुर्घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो ३ बजेतिर पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइस्थान चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ६ प ८३४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृ त्यु भएको हो।
दुर्घटनापश्चात बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका छन्। अहिले उनको श व अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।















Discussion about this post