nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महोत्तरीमा ३४ वर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १७, २०७८, ७:०० मध्यान्ह
जनकपुरधामका निजी बिद्यालयद्वारा विद्यार्थीको ३ महिनाको शुल्क माफ (हेर्नुहोस विज्ञप्ति सहित)

महोत्तरी/पुस १७ गते । सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको रहस्योद्घाटन भएको छ । गरिब, विपन्न र दलित विद्यार्थी मात्रै पढ्ने जिल्लाको मनरासिस्वा नगरपालिका वडा नं ९ मधवा गाउँस्थित हनुमानदत्त विश्वनाथ जनता प्राथमिक विद्यालय सम्बन्धित निकायको उदासिनताका कारण विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा हुँदै आएको हो ।

यो विद्यालय जिल्लाको केन्द्रविन्दु मानिएको निर्वाचन क्षेत्र नं ३ मा अवस्थित छ । यहाँबाट सङ्घीय सांसदमा र प्रदेश सभासदस्यमा निर्वाचित भएका नेताको दृष्टि पनि अहिलेसम्म त्यस स्कुलमा पुग्न सकेको छैन। नेपाल भारतको दशगजा क्षेत्रको १० मिटर मात्रै उत्तर किनारामा मुसहर बस्तीको छेउमै अवस्थित सो विद्यालयमा अहिले पनि बाल कक्षादेखि ५ कक्षासम्म एउटै शिक्षकले धानिरहेका छन् । आफैँ प्रधानाध्यापक, आफैँ कक्षा शिक्षक र आफैँ कार्यालय सहयोगीसमेत भएर २०४४ सालदेखि नै सो विद्यालयमा बालबालिकालाई आफूले पढाउँदै आएको प्रअ रामयाद राउतले बताए।

विसं २०१० मा स्थापित त्यस क्षेत्रकै पहिलो विद्यालय अहिले देशमा तीन तहको सरकार भएपनि कसैको नजरमा पर्न सकेको छैन । सरकारी निकाय वा पादाधिकारीको उदासिनता र बेवास्ताका कारण अहिले भौतिकरुपमा पनि विद्यालय जीर्ण भइसकेको छ ।भवन, कक्षाकोठा, शौचालय र खानेपानीको अभावमा खुला आकाशमुनि वर्षौंदेखि ससाना बालबालिका अध्ययन गर्न बाध्य छन् । प्रअ राउतले यस्तै परिस्थितिमा पनि पठनपाठन गराउन आफू विवश रहेको दुखेसो व्यक्त गरे।विद्यालयको बालकक्षामा २०, १ मा ६१, २ मा ७४, ३ मा ५३, ४ मा ५५ र ५ कक्षामा ६९ गरी जम्मा ३३३ छात्रछात्रा अध्ययनरत छन् ।

देशमा राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि तीन तहको सरकार स्थापना भएको छ भने गाउँपालिका, नगरपालिका क्षेत्रभित्र रहेका विद्यालय स्थानीय तहको मातहतमा आएको अवस्था छ तर यस विद्यालयको दुःख पीडा बुझ्ने र जीर्णोद्धार वा पुनःनिर्माणका लागि हिजो पनि कोही थिएन र आज पनि कोही नभएको उनको गुनासो थियो । विद्यालयमा स्थापनाकालमै निर्मित पूरानो जीर्ण तीन वटा कोठा मात्रै रहेको ती कोठामा प्रअ राउतले कक्षा र कार्यालय सञ्चालन गर्नाका साथै अहिले सरकारले बालबालिकाका लागि व्यवस्था गरेको खाजा पकाउने कामसमेत हुँदै आएको छ ।

विद्यार्थीको चापले गर्दा पठनपाठनमा व्यवधान, कार्यालय सञ्चालनमा समस्या र खाजा पकाउने काममा समेत बाधा हुने भएपछि त्यहाँ अध्ययनरत ७० प्रतिशत विद्यार्थीलाई कोठा बाहिर बनाइएको चिसो बरण्डामा बसाएर पढाउनुपर्ने बाध्यता छ । करिब पाँच कठ्ठा क्षेत्रफल रहेको उक्त विद्यालयमा आवश्यक कक्षाकोठा र शौचालय बनाउन र खानेपानीलगायत सबै सुविधा उपलब्ध गराउन पर्याप्त जमिन रहे पनि कसैले चासो नदेखाउँदा विद्यालय टुहुरोजस्तो बनेको स्थानीय बृद्ध बुधवा सदाले बताए।

भौतिक पूर्वाधार र शिक्षकको अभावमा ससाना बालबालिकाको उज्ज्वलका लागि तल्लिन प्रअ राउतले विद्यालयमा तत्काल छ वटा कक्षाकोठा, एउटा कार्यालय र एउटा खाजा बनाउने कोठाका साथै बालमैत्री शौचालय र खानेपानीको आवश्यकता रहेको औँल्याए। उनले आफूले विद्यालयमा तत्काल अतिआवश्यक पूर्वाधार र कक्षानुसारको जनशक्ति उपलब्ध गराइदिन जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित शिक्षा समन्वय इकाइ र नगरपालिकामा समेतमा पटक पटक लिखित र मौखिक आग्रह अनुरोध गरे पनि कतैबाट कुनै सहयोग प्राप्त नभएको सुनाए।

उक्त विद्यालयमा आसमान नेपाल नामक गैरसरकारी संस्थाले दुई कोठे भवन बनाउन लगाएर अधुरै छाडेर भागेको अवस्था छ । पहिलो पटक त्यस क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित रानीकुमारी तिवारीको संसदीय कोषबाट सोही विद्यालयमा निर्माण गर्न लागिएको सो दुई कोठे भवन पनि अधुरै छ ।

आफ्ना बालबालिकालाई ठूलठूला र महँगा निजी विद्यालयमा पठाउने जनप्रतिनिधिले गरिब, विपन्न र दलितका छोराछोरी पढ्ने यस विद्यालयमा लगानी नगरेर बढीभन्दा बढी कमिशनको पाउने लोभमा मठ, मन्दिर, मस्जिद, सामुदायिक भवन र पोखरीको सौन्दर्यजस्ता भोट आउने क्षेत्र तथा कार्यकर्ता पाल्ने योजनामा मात्रै लगानी गर्ने गरेकाले विद्यालयको यो अवस्था भएको स्थानीय अभिभावको आरोप छ ।

विद्यालयलको दुरावस्थाबारे नगरपालिकाका उपप्रमुख रमिता प्रधानले आफूहरुलाई पहिले सो विद्यालयबारे केही थाहा नभएको र अहिले योजनासमेत बाँडिसकेको हुँदा तत्काल केही गर्न नसक्ने बताए। उनले यस्ता कार्यक्रमका लागि प्रदेश र सङ्घको आर्थिक सहयोगको आवश्यकता भएको उल्लेख गरे ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

मधेश प्रदेशको आठ वटै यातायात कार्यालयमा ३ हजार ८१ स्मार्ट लाइसेन्स कार्ड पठाइयो

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

भन्सार छलीका ५० लाखभन्दा बढीका मोबाइल पार्ट्स बराम

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

बालकृष्ण खाँण उभिए गगनको पक्षमा, फेरि पनि सर्वसम्मत सभापति बन्ने घोषणा

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

सेयर बजार राताम्मे, नेप्सेसहित कारोबार रकममा पनि गिरावट

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

एमाले बैठकमा मोहनमायाले भनिन्- पार्टीलाई एकताबद्ध बनाएर स्थानीय तहको निर्वाचनमा जुटौं

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

सरकारको काम गराइप्रति रास्वपाकै सांसद छैनन् सन्तुष्ट, संसदमै जनाए असन्तुष्टि

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ, सञ्चारमन्त्रीसँग लिए शपथ

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

१० हजार तलब नदिएको रिसमा कर्मचारीले लगाइदिए २४ करोडको कपडा बजारमा आगो

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

निःशुल्क उपचारको भिडियोदेखि स्वास्थ्यको वास्तविक सूचकसम्म : कटहरिया अन्तिम स्थानमा

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

ऊर्जा मन्त्रालयका एकीकृत डिभिजन कार्यालय सञ्चालन

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि