सप्तरी/पुस १६ गते । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ महुली पुलमा शुक्रबार दिउँसो एक ट्रकमा जनमत पार्टीका कार्यकर्ताले आगजनी गरेको छ ।

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले ७ बूँदे माँग राखी अनिश्चितकालिन बन्द घोषणा उलङ्घन गरेको भन्दै जनमतका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महुली बजारमा गिट्टी बोकेको ना ६ ख ७६२९ ट्रकमा आगजनी गरेका हुन् ।
शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलन कर्मीले जनाएका छन् ।उनीहरुले किसानको आन्दोलनको नाममा आन्दोलनलाई उग्र बनाएको भन्दै टिक्काटिप्पनी हुन थालेको छ ।
सभार-स्रोत-गमक पोस्ट बाट















Discussion about this post