सिरहा/पुस ६ गते । सिरहा गोलबजार नगरपालिका ६ डोहटिया छुरा प्रहारबाट ह त्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई प क्राउ गरेको छ ।
शनिवार बेलुका गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदायको ह त्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई प क्राउ गरेपनि उनीहरुको परिचय भने खुलाएको छैन ।
प्रहरीले अनुसन्धानमा बाँधा पुग्ने भन्दै उनीहरुको परिचय तत्काललाई गोप्य राखिएको जनाएको छ । बाँकीको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
छुरा प्रहारबाट १९ वर्षिय निकेश घाइते भएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।रामकुमारको श व पोष्टमार्टम पछि आज दाहासंस्कार गरिएको छ ।
पीडित परिवारलाई ५ लाख क्षेतिपूर्ति दिने र घटनामा संलग्नलाई चाँडो प क्राउ गरी कानुनि दायरामा ल्याउने स्थानीय प्रशासनको प्रतिबद्धता पछि आज श व बुझेर दहासंस्कार गरिएको स्थानीय युवा शिवसरण सदायले जानकारी दिए ।

















Discussion about this post