डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ४ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।
कम्पनीले अधिकृतमा ३ जना, सहायक अधिकृतमा ३ जना, कार्यक्रम सहायकमा २० जना र कनिष्ठ कार्यक्रम सहायकमा ५५ जना गरी कुल ८१ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले अधिकृत श्रेणिका लागि स्नातक वा स्नाकोत्तर उत्तीर्ण र सहायक श्रेणिअन्तर्गको पदको लागि एसईई उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले अधिकृत श्रेणिको लागि ९०० दस्तुर र सहायक श्रेणिको लागि ४०० र कनिष्ठ सहायकका लागि ३०० रुपैयाँ दस्तुर तिरेर १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाईला, काठमाडौं वा कम्पनीको ईमल [email protected] मार्फत दरखास्त दिन सक्नेछन्
फाराम पाइने वेबसाइट ः
https://www.ddbank.org.np/downloads/NoticeFromHR/vacancyApplicationForm.pdf
हेर्नुहोस भ्याकेन्सी नोटिस

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम





















Discussion about this post