nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २८, २०७८, ७:५६ मध्यान्ह
छाडा पशुबस्तुले बजारक्षेत्र अस्तव्यस्त

मंसिर २८ गते । मुख्य बजारक्षेत्रका सडक हुन् कि चोक बजार क्षेत्र महोत्तरीमा छाडा पशुबस्तुको जगजगी बढेको छ ।

घरपालुवा गाई, सुँगुर, बाख्रापाठा र घोडासहितका पशुबस्तु नगर क्षेत्रका चोक, बजार र बस्तीक्षेत्रमा छाडा विचरण गराउने प्रचलनले ट्राफिक समस्या र फोहरसमेत थपिएको छ ।

साँगुरो सडकमा छाडा गाईको पछि लाग्ने साँढे ढसमस्स बसिदिँदा सामान्य हिँडडुलमै समस्या परेको पैदलयात्री बताउँछन् । प्रत्येक दिनजसो बिहान मिरमिरे उज्यालो हुनासाथै पशुधनीले आफ्ना बस्तु फुकाएर बजार, चोकतिर लघार्ने यहाँ आम चलनजस्तै बनेको छ । चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुबस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।

जिल्ला सदरमुकाम जलेश्वरसहित सबैजसो बजार क्षेत्रका मुख्य सडक पेटीमा सडक ढाकेर गाईबस्तु देखिनु यहाँको आम कुराजस्तै बनेको सर्वसाधारणको गुनासो छ । “बजार, चोकतिर हिँडडुल गर्न डरलाग्दो भएको छ, जताततै छाडा पशु देखिन्छन्”, जलेश्वर नगरको मुख्य बजारक्षेत्र शङ्कर चोककी देवरुपा देवी भन्नुहुन्छ, “तिखा सिंङ भएका गाईले हानेर लडाउने हुन् कि भन्ने चिन्ता हुन्छ ।” जलेश्वर, सीतापुर, बर्दिवास, गौशाला, रामगोपालपुर, मटिहानी, मनरा र बलवासहितका नगर बजारक्षेत्रमा छाडा गाई पछ्याउने साँढे दर्जनौँ सङ्ख्यामा विचरण गरिरहेका देखिन्छन् । छाडा पशुले दैनिकरुपमा फोहर बढाएका सर्वसाधारणको गुनासो छ । सबैजसो बजार क्षेत्र र भित्री बस्तीमा पनि फोहरको डुङ्गुरमा सुँगुरले खोस्रेर जताततै दुर्गन्ध बढाएको देखिन्छ । गाईबाहेक खुला चरणमा छाडिने सुँगुरका कारण त नगर क्षेत्रका बासिन्दा आजित नै भएका छन् । एकाबिहानै ‘ च्वाँच्वाँ’ गर्दै ५०/६० को सङ्ख्यामा आँगनआँगन चाहार्ने सुँगुरको बिष्टा सोहोरेर हैरान भइएको जलेश्वर नगर क्षेत्रका गृहिणीको गुनासो छ ।

छाडा सुँगुरले त कतिपय दिन घरभित्र पुगेर खानेकुरासमेत खाने, पोख्ने गरेर हैरान खेलाएको जलेश्वर– १ शङ्करचोक नजिककी बासिन्दा सुलेखा वर्मा बताउनुहुन्छ । गाईगोरु, बाख्रापाठा आँगनमै आइपुग्दा लाठो देखाएर धपाउन सकिने भएपनि परम्परादेखि सुँगुर छुन परहेज गर्ने केही जाति समुदायको चलन छ । जिल्लाका सबैजसो नगर÷गाउँ क्षेत्रमा छाडा पशुबस्तुका कारण सर्वसाधारण आजित भएका छन् । व्यस्त नगरक्षेत्रमा छाडा चौपाया सडक ढाकेर गजधम्म बसी रहँदा स–साना सवारीसाधन चलाउन र पैदलयात्रुलाई हिंड्नसमेत सकस पर्ने गरेको छ । “खै कसैले ध्यान दिदैनन्, यो चौपाया छाडा छोड्ने कुरा कसले नियन्त्रण गर्ने हो ?” भङ्गाहा नगरपालिका–५ सीतापुरबजारकी सुनैनादेवी भन्नुहुन्छ, “नगरपालिका कार्यालयका हाकिम कानमा तेल हालेर सुत्या छन् ।” छाडा चौपायाको जगजगी नगरक्षेत्रमा बढी देखिने गरेको छ । यो जिल्लाको पुरानो समस्या भए पनि स्थानीयतह, स्थानीय प्रहरी प्रशासन र सामाजिक सङ्घसंस्थाबाट समस्या समाधानतर्फ कुनै पहलकदमी नदेखिएको सर्वसाधारणको गुनासो छ । जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंह छाडा चौपाया नियन्त्रणका लागि स्थानीय तहले नै पहलकदमी लिनुपर्ने बताउनुहुन्छ ।

“छाडा चौपायाका कारण हुने ट्राफिक समस्या हटाउन ट्राफिक प्रहरीको तत्परता त हुनपर्छ”, सिंह भन्नुहुन्छ, “तर पशु छाडा छोड्ने प्रवृत्ति निरुत्साहित गर्न स्थानीय तहले नै ठोस निर्णय गरेर निश्चित विधि बढाउनु पर्छ ।” घरपालुवा पशु छाडा गर्नेलाई कारवाहीको दायरामा ल्याउन स्थानीयतहले तत्काल काम थाल्नुपर्ने संयोजक सिंहको भनाइ छ ।

छाडा चौपायाले ट्रफिक समस्या बढेसँगै फोहर थुप्रिने र सर्वसाधारणको सुरक्षा चुनौतीसमेत बढेको गुनासो बाक्लिएपछि जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले यसलाई नियन्त्रण गर्न निश्चित कार्य विधि नै बनाइने तयारी गरिएको बताउनुभएको छ । “हामीले छाडा पशु नियन्त्रणका लागि निश्चित कार्यविधि बनाएर पशु धनीलाई दण्ड जरिवाना गर्ने व्यवस्था गर्न लागेका छाँै”, प्रमुख साहले भन्नुभयो, “कार्यालय (नगरपालिका कार्यालय) कै तर्फबाट यससम्बन्धमा पहलकदमी बढाएका छौँ ।” जिल्ला समन्वय समितिका संयोजक सिंहले छाडा पशु नियन्त्रणबारे जिल्लाभरिमै एकरुपता ल्याउन आवश्यक भएको बताउनुभएको छ ।

अब जिल्लाका १५ वटै स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच साझा नीति अख्तियार गर्न म पनि पहलकदमी लिनेछु ।” जिल्लाका नगर क्षेत्रका सर्वसाधारणले छाडा पशु नियन्त्रणको उपाय सम्बन्धित निकायले चाँडै अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।-रासस

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

जेनजी ‘घटना’काे निष्पक्ष न्यायिक आयोग गठन गर्न एमालेको माग

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आधा केजी सुन सहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

आवासीय डाक्टरलाई १२ घण्टाभित्र होस्टल छाड्न नेशनल मेडिकल कलेजको निर्देशन

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

बाढी प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण सरकारले लिने : मन्त्री वादी

आज प्रदेश २ सहित यी ठाउँमा ठूलो पानी पर्ने सम्भावना

झरीले देशभरको जनजीवन प्रभावित, भारी वर्षा र हावाहुरीको सम्भावना

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

मधेशका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

नेपाली कांग्रेसको १५ औं महाधिवेशनको नारा र लोगो सार्वजनिक

राष्ट्रपतिलाई पहलकदमी लिन पूर्व राष्ट्रपति भण्डारीको सुझाव

पूर्वराष्ट्रपति भण्डारी एमाले वरिष्ठ नेता मनोनीत

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

एआइको जोखिमप्रति राष्ट्रसंघमा चिन्ता: कडा नियमनको माग, अमेरिका र चीन बाधक

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि