nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तराई मधेसको जाडो छल्ने सहारा ‘घुर’

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २७, २०७८, ८:२१ मध्यान्ह
तराई मधेसको जाडो छल्ने सहारा ‘घुर’

महोत्तरी/मंसिर २७ गते । जाडो क्रमशः छिप्पिँदो छ । मङ्सिर निगल्दो नै मुटु कमाउँदैछ, पुस/माघमा झन् के होला ? जिल्लाका गरिब बस्तीमा अहिले बढ्दो जाडोबाट बूढाबूढी र स–साना लालाबाला कसरी जोगाउने चिन्ता देखिन्छ । खासगरी चरम गरिबीको चक्रले घिसारिएका यहाँका मुसहर, चमार, मेस्तर र डोम जाति समुदायका बस्तीमा बिजोग देखिन्छ । अहिले यस्ता गरिब बस्तीमा जाडो छल्ने मुख्य सहारा नै ‘घुर’ बनेको छ ।

“हात, गोडा ठिङ्रिए, घुर बाल्नु है”, भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरी टोलकी हेमनी सादाले १० वर्षीया नातिनी रचनीलाई अह्राउनुभयो । ओढ्ने, ओछ्याउने र लगाउने न्यानो लुगा नहुँदा जाडोमा थुर्थुरी काम्दै रात कटाउने मुसहरका लागि जाडो छल्ने सहारा नै टोलमा बालिने ‘घुर’ बन्ने गरेको छ।

‘घुर’ अर्थात् पातपतिङ्गर बटुलेर आगो बालिने काम । सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काइएको ‘घुर’मा पच् पची निस्कने गन्हाउने धुँवाबीच चारैतिर बसेर न्यानो खोजी गर्नु जाडो महिनाभरि यी गरिब जाति समुदायको जाडो छल्ने मुख्य सहारा हो । जिल्लाका सबैजसो भेगमा बसोबास देखिने मुसहर समुदायको पराले झुप्राका बस्तीमा साँझ, बिहान ‘घुर’ का चारैतिर झुरुमुट्ट बसेर न्यानो खोजेको दृश्य देखिन्छ ।

‘न राख्ने धन, न साँच्ने अन्न’ आहानमा उभ्याइने गरिएका मुसहर अहिले थुरथुर मुटु कमाउने जाडोमा न्यानो कपडा र पोसिलो खानेकुरा नहुँदा बाक्लो धुँवाको मुस्लो निस्कने ‘घुर’ वरिपरि बसेर न्यानो खोज्नु यी गरिबको नियति हो । यहाँ जुनसुकै भेगका मुसहरका लागि जाडोको साझा सहारा ‘घुर’ नै देखिन्छ । जिल्लामा बर्दिवास, भङ्गाहा, बलवा, औरही, गौशाला, लोहारपट्टी, मनराशिशवा र मटिहानीसहितका नगरपालिका र एकडारा, सोनमा, महोत्तरी र पिपरा मुसहरका सघन बसोबासका स्थानीय तह हुन् । यी जुनसुकै स्थानीय तहका मुसहर बस्ती पुग्दा थुरथुर जाडोले कामेका बालबालिका र वृद्धवृद्धा ‘घुर’ वरिपरि देखिन्छन् । स–साना पराले झुप्रा भएका बस्तीपिच्छे बालिएका ‘घुर’ नै मुसहरको जाडोबाट बच्ने उपलब्ध उपाय हो ।

खासगरी एकैठाउँ गुजुमुजु देखिने पराले झुप्रा बनाएर झुरुप्प बस्ने महोत्तरीका मुसहरका अतिरिक्त बाँतर, चमार, दुसाध, डोम, मेस्तर र खत्बेलगायतका दलित जाति समुदायको बस्तीमा पनि ‘घुर’ वरिपरि बूढाखाडा, बालबालिका र महिला एकैठाउँ हात फैलाएर न्यानो खोजिरहेका भेटिन्छन् ।

खासगरी मुसहर र बाँतर बस्तीमा ‘घुर’को चलन बाक्लो देखिन्छ । किशोर र तन्नेरी यी बस्तीमा देखिँदैनन् । १३÷१४ वर्षको भएपछि कामका लागि भारतको पञ्जाव, हरियाणा जाने दलित बस्तीको आम प्रचलनले किशोर र तन्नेरी नदेखिएका हुन् । “बस्तीमा हाम्रा भाइ–भतिजा, छोरा छैनन् हजुर !” भङ्गाहा–४ को मुसहर बस्तीका माझमा बालिएको ‘घुर’ छेउमा बसेका पाका उमेरका जुगल सादाले खोकीबीच नै भन्नुभयो, “उनीहरू त पञ्जाव गए’ छन् ।”

किशोर र तन्नेरीहरू पञ्जाव नगए मुखमा माड नलाग्ने जुगलको थप भनाइ छ । जिल्लासहितका पूर्वीमध्य तराईमा वर्षेनी हिंउँदमा शीतलहरको कहर हुने गरेको छ । यस्तो बेला न्यानो कपडा लगाउनपर्ने, घर बाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानपर्ने स्वास्थ्यकर्मी बताउँछन् । तर चरम गरिबी र अशिक्षाले रुमलिएका मुसहर, बाँतरसहितका दलित बस्तीमा यो सन्देश नपसेको बर्दिवास–१२ बिजलपुराको मुसहरीटोल नजिकको चल्की बस्तीका कल्पराज कोइराला बताउनुहुन्छ ।

यी जाति समुदायलाई मानवोचित जीवन जिउनु भनेकै रुखोसुखो खान पाउनु र जाडो छल्न राम्ररी बल्ने ‘घुर’का लागि सुकेको पतिङ्गरको उपलब्धता नै बुझेका देखिने गरेको सामाजिक अभियानकर्मीसमेत रहनुभएका उहाँको भनाइ छ । दलित बस्तीका बासिन्दा राम्रो, मीठो खानुपर्छ र न्यानो लुगा लगाउनुपर्छ भन्ने थाहा भए पनि गरिबीले जुटाउन नसक्दा मात्र दुःख खेपिएको बताउँछन् । “न्यानो लुगा लगाउने, जाडोमा घरबाहिर ननिस्कने र पोषिलो र ताजा खानेकुरा खानुपर्छ भन्ने नसुनेको होइन नि हजुर !” भङ् गाहा–४ पलारको बाँतरटोलकी पल्टीदेवी बाँतर भन्नुहुन्छ, “सबै कुरा पैसाले नै गर्ने रे’छ, जाडोमा बाहिर निस्कन सकिएको छैन, पुस, माघ आउनै बाँकी छ, काममा निस्कन नसकेपछि लालाबालाको मुखमा माड कसरी लाग्ला ?” जाडो बढेपछि एकाबिहानै काममा निस्कन नसके बनीबुतो (जन मजदुरीको काम) छुट्ने र गुजारामा समस्या बढ्ने उहाँको थप भनाइ छ । मङ्सिर निगल्दो नै लगातार बढेको जाडोबाट बच्न दलित बस्तीमा सल्काइएका ‘घुर’ ताप्दा त्यसबाट निस्कने विषाक्त धुँवाले श्वाँसप्रश्वाँसका बिरामी झन् थपिएका छन् । “चिसोमा त्यसैपनि ससाना वालवालिका, महिला र बुढापाकालाई निमोनिंयाले गाँज्ने गर्छ” बर्दिबास–१२ कै बासिन्दा स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भन्नुभयो, “झन् धुँवा रुमलिएको घुर ताप्न बस्दा श्वाँसप्रश्वाँसका बिरामी झन् बढ्ने नै भए ।” राम्ररी नसुकेको पतिङ्र, झुत्रा सडकमा फालिएका चिथ्रा र प्लाष्टिक बाल्दा त्यसबाट निस्केको धुँवाले यस्ता बिरामी अझ बढेका झाको निष्कर्ष छ ।

खासगरी दलित बस्तीका बूढापाका, सुत्केरी र स–साना बालबालिकामा रुघाखोकी, हाडजोर्नी दुख्ने र श्वासप्रश्वासको समस्या अहिले बढेको जिल्लाका अस्पताल र स्वास्थ्य संस्थाले जनाएका छन् । मङ्सिर मध्ययता नै जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा डम्म हुस्सु लाग्दै आएको छ । पुस र माघमा झन् चिसो सिरेटो बहने र बाक्लो हुस्सु लाग्ने क्रम बढ्ने जनाइएको छ । अहिले मध्यदिन नभई घाम नदेखिने भइसकेको छ । ती समयमा अक्कलझुक्कलमात्र घाम देखिने विगत भोगेका बनिबुतो गरेर जीवन चलाउने गरिब श्रमिक सकसमा परेका छन् । चिसोले गरिब बस्तीलाई गाँजे पनि जिल्लाका स्थानीय तहले भने राहतका कुनै कार्यक्रम चलाएको देखिँदैन । गरिब बस्तीमा वर्षेनी जाडो याममा बिरामी हुने आम कुरा भए पनि सम्वद्ध निकायले यसको पूर्वतयारीमा ध्यान दिनु जरुरी रहेको छ ।-रासस

Tags: जाडो मौसम

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि