nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्यामा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २२, २०७८, १२:४३ मध्यान्ह
मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्यामा

जनकपुरधाम/मंसिर २२ गते।मलखादको अभावमा धनुषा र महोत्तरीका किसानहरु समस्या भोग्न बाध्य बनेका छन् ।

गहुं रोपाइ ढिलो हुन लाग्दा पनि मलको चरम अभावले किसानहरु चिन्तित देखिएका छन् । दुइ बिघा खेतमा गहुं रोप्ने योजनामा रहेका महोत्तरी महदैयाका किसान मिश्रीलाल यादव अहिले मलकै लागि दिनहुं जनकपुरधाममा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयमा धाउने गरेका छन् ।

सहकारी मार्फत प्रति किसान १० किलोको दरले युरिया तथा डीएपी खाध उपलब्ध गराइएको भए पनि त्यो ‘उंटको मुखमा जिराको फोरन’ सरह भएको उनको दुखेसो छ । अहिले सम्म एक किलो मल पनि नपाएको र कम्पनीको कार्यालयमा मलकै लागि दिनहुं आउने गरे पनि सुनुवाइ नभएको धनुषाको कमला नगरपालिकाका किसान राम लक्षण यादवको गुनासो छ ।

विदेहनगर नगरपालिका–५का किसान चन्द्रदेव बिराजीले हाम्रो वार्डमा डिलर नै नरहेको र तिनकौरियामा रहेको डीलरमा फालाफाल भए मात्रै हामीलाई दिने गरेको बताउंछन् । गहुँ सिजन सकिन लाग्दा पनि हाम्रो वार्डमा कसैले पनि मल नपाएको उनी प्रष्ट गर्छन् । महोत्तरी रामगोपालपुरमा रहेको सूर्यमुखी उपभोक्ता सहकारी संस्थाका संचालक सुरेशकुमार यादवले युरिया र डीएपी गरी सय बोरामा ४ सय किसानलाई बिक्री गर्नु पर्ने बाध्यता रहेको बताए ।

दिनकै २० भन्दा बढी किसान मल लिन आएपनि रित्तै फर्किने गरेको कहाली लाग्दो अवस्था रहेको र सोको मुख्य दोषी सरकारले मलखाद आपूर्ति गर्न नसक्नु नै रहेको आरोप लगाए । त्यस्तै महोत्तरीको मटिहानी–४ मझौराका सहकारी संचालक मोजिम राइन भन्छन्,‘हाम्रो वार्डको लागि २ सय बोरा भन्दा बढी मलको आवश्यकता छ तर सो अनुसारको आपूर्ति हुन सकेको छैन, हामी गत साता दिन देखि निरन्तर रुपमा कार्यालय धाइरहेका छौं तर कुनै सुनुवाइ भएको छैन ।

कम्पनीका शाखा प्रबन्धक रामकुमार चौधरीका अनुसार गहुँ सीजनको लागि वीरगञ्ज कार्यालयसंग ४ हजार मेट्रिक टन युरिया र ३ हजार मेट्रिक टन डीएपी माग गरेको भएपनि ९ सय ५ मेट्रिक टन युरिया र ५ सय ८५ मेट्रिक टन डीएपी मात्रै अहिले सम्म आइपुगेको छ । सो मध्ये अहिले सम्म ३ सय ६० मेट्रिक युरिया खाद बिक्री वितरण भइसकेको र ५ सय ४४ मेट्रिक टन युरिया बिक्रीको लागि बाँकी रहेको उनले बताए । तत्काल युरिया मलको अभाव नभएपनि माग अनुसार डीएपी खाद वीरगञ्ज र काठमाण्डुबाट नआउंदा अभाव सृजना भएको उनले प्रष्ट गरे । पोटासको त झनै बढी अभाव रहेको बताउंदै उनले भने ,‘ जनकपुरधाम र ढल्केबरबाट वितरण गरिने मलमा कुनै लापरवाही हामीले गरेका छैनौं तर वीरगञ्ज र काठमाण्डुबाटै मलखाद नआइदिँदा अभाव सृजना भएको हो ।

महोत्तरी र धनुषामा २ सयको संख्यामा रहेको सहकारी संस्थाहरुमा ६० बोरा युरिया र ४० बोरा डीएपी उपलब्ध गराइएको छ जसले किसानहरुको माग पूरा गर्न नसकिने उनले समस्या पोखे । ‘एक लट हामीले बिक्री गरिसेकेको र अर्को लटको लागि वीरगञ्जबाट डीएपी खाद नआउंदा केही समस्या भएकै हो ।’,उनले भने । मंगलबार नै वीरगञ्ज कार्यालयमा सम्पर्क गरेको र त्यहाँबाट दुई तीन सय मेट्रिक टन मल तीन दिन भित्र आउने र धनुषा महोत्तरीका किसानहरुले थोरै भएपनि राहत पाउने देखिएको छ ।

प्रबन्धक चौधरीले जे सुकै दाबी गरेपनि कहिले सम्म आइपुग्छ भनेर यकिन मिति तोक्न सकेनन् । तराइमा गहुं रोप्न पुष १५ गतेलाई अन्तिम समयको रुपमा मानिन्छ तर मल खादको सहज उपलब्धता भएर मंसिरमै रोप्न सकिए उत्कृष्ट उत्पादन हुने धारणा कृषि ज्ञान केन्द्र जनकपुरधामका प्राविधिक अधिकृत प्रदीप कुमार यादवको छ ।

मलखादको अभावमा गहुंबालीको उत्पादन अत्याधिक घट्ने भएकोले गहुं खेतीको लागि अन्य बालीको तुलनामा मलखादको महत्व अझै बढी रहेको अधिकृत यादव बताउंछन् ।

जनकपुरधाममा विवाहपञ्चमीको कारणले पठाउन ढिलो भएको वीरगञ्ज सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी योगेन्द्र पराजुली बताउंछन् । माग अनुसार जनकपुरधामको लागि आपूर्ति गरिएको दाबी गरेपनि सो अनुसार आपूर्ति भएको देखिएको छैन । दोश्रो लटको खाद कहिले सम्म जनकपुरधाम आइ पुग्ने हो भन्ने प्रश्नमा उनले भने,‘हामीले ढुवानीको लागि आदेश जारी गरिसकेका छौं दुइ चार दिन अझै लाग्न सक्छ ।’

भारतबाट आउने २० हजार मेट्रिक टन आइसकेको र ५ हजार मेट्रिक टन मलखाद बाटोमा अड्कोले यसको लागि केही समय लाग्ने सामग्री केन्द्र काठमाण्डुका सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । साल्ट ट्रेडिंग कम्पनीले देशभरि चाहिने मलको ३० प्रतिशत मलको जिम्मेवारी लिएको र गत आर्थिक वर्षको फागुन महिना सम्ममा सो कम्पनीले मल आपूर्ति नगरेकाले सप्लायर्स र कम्पनी बीच मिलोमतोमै मलखाद अभाव गराइ ब्ल्याक गर्ने गरिएको स्रोतको दाबी छ ।

साल्ट ट्रेडिंगकै हेल्चक्रयाँईले किसानहरु मर्कामा परेको स्रोतको दाबी छ । ‘सप्लाएरलाई कारवाही गर्नु पर्ने थियो तर कारवाही नगरेको कारण मलखादको चरम अभाव सृजना भएको हो ।’ नाम नखुलाउने सर्तमा सामग्री लिमिटेड केन्द्रीय कार्यालय काठमाण्डुका एक कर्मचारीले बताए । मलखादको जिम्मेवारी लिएको ट्रेडिंगले रकमको चलखेल गरी मललाई ब्ल्याकमा बेच्ने गरेको स्रोतको आरोप छ ।

साभार स्रोत-ईजनकपुर टुडे अनलाईन बाट

Tags: कृषि

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!