महेश सिंह/सिरहा/मंसिर २१ गते।सिरहा सहित तराईमा किसानहरु धा न भित्र्याउनमा व्यस्त देखिएका छन्।
सिरहामा ६०% प्रतिशत किसानले धान भित्र्याई सकेको कृषि ज्ञान् केन्द्र सिरहाले जानकारी दिनु भयो।
किसान अगुवा सरोज कुमार यादवका अनुसार किसानहरु खेती पातीमा ब्यस्त देखिएको उनले बताए। किसानहरुले उत्पादन गरेका उपजको सहि मुल्य निर्धारण गर्न नपाउदा आफू निकै दुखी भएको ठहर गरेका हुन्।
अगुवा किसान यादवले जिल्ला समन्वय समिति सिरहाको उप प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका छन्। किसानहरुको हक अधिकारको लागी आफू तत्पर रहेको उनले बिचार व्यक्त गरेका छन्।

तराई मधेसका सम्पुर्ण जिल्लाका किसानहरुले दिन प्रतिदिन समस्याबाट ग्रसित हुँदै गरेको अवस्था रहेको छ्।नेपाल कृषि प्रधान देश भए पनि नेपालका किसानहरुको समस्या जौको तौ नै रहेको छ्।
किसानहरुले उत्पादन गरेका उपजहरु सहि बजारीकरण हुन् नपाउदा उनले दु:ख व्यक्त गरेका छन्। नेपाल सरकारले दिदै गरेको अनुदान बास्तबिक किसानले पाईरहेको अवस्था छैनन झोले किसानहरुको निकै फस्टाएको अवस्था रहेको छ्।














Discussion about this post