अरुण यादव/सप्तरी/मंसिर २१ गते। सेभ द सप्तरीको कार्यक्रम सल्लाहकार समिति बैठक तथा भ्रमण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको समन्वय, सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले राजविराजमा आयोजना गरेको कार्यक्रममा सेभ द सप्तरीले जिल्लाको दक्षिणी भेगमा समाजिक क्षेत्रमा गर्दे आएको कामको बारेमा चर्चा गरेका छन ।
उक्त कार्यक्रममा यो संस्थाले लामो समयदेखि कृषि,उद्यमी,समाजिक बिकासिय काम,कोभिड १९ को बेला स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्यहरु गरेको बिभिन्न वक्ताहरुले बताएका छन ।
कोभिडबाट जोगिन जिल्लाको राजविराजस्थित गजेन्द्र नारायण सिँह अस्पताल र बिभिन्न स्वास्थ्य चौकीहरुमा स्वास्थ्य सुरक्षाका लागि स्वास्थ्य सामग्रीहरु दिएर ठुलो मदत गरेको आयोजित कार्यक्रममा वक्तहरुले बताए ।
जिल्ला समन्वय समितिका संयोजक प्रभाकर यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सेभ द चिल्ड्रेनका बरिष्ठ संचालक खिलनाथ निरौला लगायतकाले कार्यक्रममा शुभकाना मतब्य ब्यक्त गरेका छन भने सेभ द सप्तरीका सचिव नरेन्द्र यादवले स्वागत मतब्य ब्यक्त गरेका थिए ।

बैठक कार्यक्रमपछि दुई÷दुई समुहमा जिल्लाको दक्षिणी भेगमा रहेको छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा एक बर्षमा शिक्षा,स्वास्थ्य,कृषि क्षेत्रमा गरेको कार्यहरुको अनुगमन गरिएको छ ।
सोही क्रममा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ७ मंसापुरमा कमलेश्वरी कृषक समुहले लगाएको बिभिन्न हरियो सागसब्जीको बाली निरिक्षण तथा अनुगमन गरिएको छ ।
सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीले त्यहाँका किसानहरुलाई करिब ४ बिगाहा जग्गा पाँच बर्षको लागि लिजमा लिएर दिएको छ भने किसानहरुलाई खाद्य,मल,बिउविजन तथा किसानले कृर्षी कार्यमा प्रयोग गर्ने औसाजहरु समेत सहयोग गरेको कारण किसानहरु हर्षित मुर्दामा खेतिपाती गरेको देखिएको छ ।

उनीहरुले धानबाली,तरकारी बालीहरु लगाएर आर्थिक आम्दानी गर्नुका साथै आम्दानीबाट छोरा/छोरीहरुलाई बिद्यालय सम्म पढाउने गरेको कमलेश्वरी कृषक समूहका सचिव सिता देवी मंडलले बताइन ।मंडलसहित २१ जना महिलाहरुले अहिले हिउदै बाली काउली,तोरी,भन्टा,मुला,आलु लगायतका तरकारी खेति गरिरहेका छन ।
अनुगमनमा गएका टोलीहरुले स्थानिय कृषकहरु संग कृषि कार्यक्रमा के सहयोग चाहिन्छ र तपाईहरुलाई के अभाव छ । सो क्रममा कमलेश्वरी कृषक समुहका अध्यक्ष प्रमिला देवी साहले भनिन हामीलाई सिँचाईको खाचो रहेको सो सुबिधान हुदा झन राम्रो हुने बताए ।
त्यस्तै जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ८ तोपामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड १९ का बेला सेभ द सप्तरीले आावश्यक उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको पाइएको छ ।
सो क्रममा अस्पतालका प्रमुख बाल कुमार साह र अननी कल्पना मंडलले अनुगमनमा आएका अनुगमनकर्ताहरुलाई अस्पतालको स्वास्थ्य समस्या बारे जानकारी दिएका थिए ।

यस्तै छिल्लाको छिन्नमस्त गाउँपालिकाको भुपेन्द्र संस्कृत माध्यमिक बिद्यालय सखडामा स्थानिय बिभिन्न बालकलब,वडा बालसंरक्षण समितिहरु संग अनुगमनमा खटिएका प्रतिनिधिहरुले बिभिन्न बिषयमा छलफल गरेका छन ।
बिष्णुपुर गाउँपालिकाको मझोमा रहेको श्री जनता अधारभुत बिद्यालयमा सेभ द सप्तरीले बनाइएको कक्षाकोठा निर्माणको निरिक्षण एवम बिद्यालय ब्यवस्थापन समिति संग छलफल गरेका छन ।

सेभ द चिल्ड्रेनका खिलनाथ निरौला, तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशव झा,शिक्षा अधिकृत राजेश झा,बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलम्बर यादव, जिल्ला समन्वय समितिका अध्यक्ष प्रभाकर यादव, सलहाकार बिनोद यादव, अपाङ संघका अध्यक्ष बलदेव मंडल, सबल नेपालका अध्यक्ष जुना गिरी, सेभ द सप्तरीका सचिव नरेन्द्र यादव,कार्यक्रम संयोजक गौपाल चौधरी,कृषि प्राबिधिक राम कुमार साह, फिल्ड अधिकृत बिष्णुकान्त देव,सत्यनारायण थारु,शिक्षा अधिकृत मुकेश मंडल, किशोरकिशोरी बिकास अधिकृत मदनराज भट,लैङगिक परियोजना संयोजक संतोष यादव,सुपरभाइजर बिनिता यादव सहित बिभिन्न कर्मचारीहरु र राससकर्मी अरुणकुमार यादव लगायतकाले अनुगमन गरेका थिए ।















Discussion about this post