nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७८, ८:४२ मध्यान्ह
विवाहपञ्चमीका बेला जनकपुरधाम दुर्गन्धित

श्रवण देव/जनकपुरधाम/मंसिर ३ गते। जनकपुरधाममा हरेक वर्ष मनाइने विवाहपञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबारदेखि राम कथा प्रवचन र रामलीला सुरु भइसकेको छ ।

१७ मंसिरमा जनकपुरधाम नगर दर्शन, १८ गते फुलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंवर तथा विवाह र २३ गते रामलेवा विधिको कार्यक्रम छ ।

जानकी मन्दिरले मूल समारोह समिति गठन गरी विवाहपञ्चमीको तयारी गरिरहँदा जनकपुरधाम बजार भने दुर्गन्धित छ । जताततै फोहोर थुप्रिएपछि हिँड्ने बटुवाहरुलाई नाक थुन्नुपर्ने बाध्यता छ ।

मन्दिरसम्मै फोहोर

जानकी मन्दिर प्रवेश गर्ने मुख्य चोक रमानन्द चोकमै अत्यधिक फोहोर थुपारिएको छ । यो चोकदेखि हरेक २० मिटरको दूरीमा फोहोरको डंगुर छ । रमानन्द चोक र जानकी मन्दिरको बीचमा प्रादेशिक अस्पताल छ । अस्पतालबाहिर पनि फोहोर थुपारिएको हुन्छ । धेरै दिनदेखि नउठाइएका कारण झिँगा भन्किएको छ भने दुर्गन्ध फैलिएको छ ।

धार्मिक, साँस्कृतिक शहरको रुपमा विकसित जनकपुरधामको यस्तो कुनै ठाउँ छैन, जहाँ फोहोर नहोस् । ‘जताततैको फोहोरको थुप्रोले विवाहपञ्चमीमा नकारात्मक सन्देश जान्छ’ जानकी मन्दिरका उत्तराधिकारी रामरोशन दास भन्छन्, ‘नगरपालिकाले यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ ।’

फोहोर हटाउने र विवाहपञ्चमीका लागि ठाउँठाउँमा अस्थायी शौचालय नबनाए जनकपुरधाममा हैजा फैलिन सक्ने दास बताउँछन् ।

संघीय राजधानीमा डेलिगेसन

उपमहानगरपालिकामा सरसफाइ नगरेको भन्दै केही वडाअध्यक्षले १४ कात्तिकमा मेयर लालकिशोर साहको घरमै फोहोर थुपारेका थिए । फोहोर उठाउन माग गर्दै उनीहरुले ६ मंसिरमा पनि मेयरको कार्यकक्षमा ताला लगाउँदै धर्ना दिएका थिए ।

तर, मेयरले सुनुवाइ नगरेको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह बताउँछन् । ‘सरसफाइ सामग्री, ट्याक्टर र कर्मचारी नगरपालिकामै छन्’ उनी भन्छन्, ‘ती सामग्री र कर्मचारी माग्दा पनि दिइरहेका छैनन् ।’

सरसरसफाइ सामग्री माग्न जाँदा वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहलाई दुव्र्यबहार पनि गरेको उनले बताए ।

मेयरले सरसफाइमा ध्यान नदिएको भन्दै वडाअध्यक्ष साहसहित २५ जना जनप्रतिनिधि संघीय राजधानी काठमाडौं पुगेका छन् ।

आइतबार काठमाडौं पुगेका साहले भने, ‘मेयरले सरसफाइमा ध्यान नदिएको र ६ महिनादेखि बोर्ड बैठक (नगर कार्यपालिकाको बैठक) समेत बसाउन नचाहँदा हामी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराउन काठमाडौं आएका छौं ।’

अभियान शुरु गर्ने तयारी

स्थानीय प्रशासन र अभियन्ताहरुले विवाह पञ्चमीलाई लक्षित गरी सरसफाइ अभियान सुरु गर्ने योजना बनाएका छन् ।

सरसफाइ अभियन्तासमेत रहेका प्रदेश सांसद रामाशिष यादव डम्पिङ साइट नहुँदा फोहोर फाल्नै समस्या भइरहेको बताउँछन् । केही बर्षअघि फुलगामामा डम्पिङ साइट बनाउन खोज्दा कांग्रेस नेता बिमलेन्द्र निधिले विरोध जनाएको उनी बताउँछन् ।

‘यसपछि मेयर साहले वडा नम्बर १८ र २५ को बीचमा डम्पिङ साइट बनाउन खोज्दा पनि बन्न सकेन’ यादवले भने, ‘बन्न नसकेपछि मेयरले मिनी डम्पिङ साइट बनाउनुपथ्र्यो त्यो पनि बनाउन सकेनन् ।’

मेयरले चासो नदिए पनि वडा अध्यक्षहरु अग्रसर हुनुपर्नेमा नगरेको सांसद यादव बताउँछन् ।

तर विवाह पञ्चमीलाई लक्षित गरी फोहोर उठाइने उनले बताए । ‘यसबारेमा सीडीओेसँग कुरा भएको छ । उहाँले प्रहरी, प्रशासनको व्यवस्था गरिदिन्छौं भन्नुभएको छ’ यादव भन्छन्, ‘प्रहरी प्रशासन स्वच्छता अभियन्ता, व्यवसायी मिलेर विवाहपञ्चमी अगाडि नै सरसफाइ अभियान शुरु गर्छौं ।’

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला पनि डम्पिङ साइट नहुँदा समस्या फोहोर फाल्न समस्या भएको बताउँछन् । ‘तत्काल विवाहपञ्चमी अगाडि नै नगरलाई सफा गर्दै डम्पिङ साइटबारे छलफल चलाउँछौं’ उनले भने ।

स्रोत साभार-अनलाईनखबर बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि