सप्तरी/मंसिर ११ गते ।सप्तरीमा शनिबार एक स्वास्थ्यकर्मीले सप्तकोसी नदीमा हाम फालेर आ त्मह त्या गरेका छन् ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हामफालेर आ त्मह त्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

शनिवार दिउँसो करिब पौने १२ बजेको समयमा झापाको दमक नगरपालिका वडा नं. ६ मा घर भई हाल जिल्ला जनस्वास्थ कार्यालय मोरङ्गमा अहेवको रुपमा कार्यरत ४५ वर्षीय सुभाष नेपालले आ त्मह त्या गरेको प्रवक्ता बुढाथोकीले जनाएका छन् ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २:३० बजे सुभाषको श व फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।















Discussion about this post