उमेश कुमार साह/सप्तरी/मंसिर ११ गते।नेपाली काँग्रेस बोदे बर्साईन नगरपालिका सभापतिमा ई. दिपेन्द्र कुमार यादव विजयी भएकाेछ । उनी सहित संस्थापन इतर पक्ष प्यानल सहित विवय भएकाछन् ।नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न अधिवेशनबाट २७ सदस्य समिति गठन गरेको छ ।

पदाधिकारीहरुमा उप- सभापति नन्कुल साह , चतुर नारायण चाैधरी ,सचिव उपेन्द्र प्रसाद यादव , मदन साह , सह – सचिव रामु मण्डल , रिता देवी यादव निर्वाचित भएका छन् ।
दिपेन्द्र कुमार यादव र किशोर कुमार यादव सभापति पदमा आ—आफनो प्यानल सहित चुनावी प्रतिशपर्धामा उत्रेका थिए । सभापति पदमा ई. दिपेन्द्र कुमार यादव १०१ मत र किशोर कुमार यादवले ४५ मत ल्याएको थियो ।
जसमा ई. यादव ५६ मत बढी ल्याई विजयी भएको मतदान अधिकृत शैलेन्द्र कुमार चाैधरीले बताए ।मंसिर ४ गते नै चुनाव हुने भएकोमा राति परेपछि आज मतदान गराएको हो ।















Discussion about this post