सिरहा/मंसिर ७ गते। पूर्वश्चिम राजमार्ग अन्तर्गत लहानको पडरियामा आज विहान भेटिएको श वको पहिचान खुलेको छ ।
सडक किनारमा भेटिएका युवक सप्तरीको शम्भुनाथ नगरपालिका ३ का उचित लाल चौधरीको छोरा ३६ वर्षिय राजकुमार चौधरीको रहेको प्रहरीले जनाएको छ ।
सडक किनारमा सुन्तला रङ्गको भेष्ट र सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको सडक किनारमा घोप्टो परेको अवस्थामा श व भेटिएको थियो।
उनको मृ त्यु हुनुको कारण अझै नखुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
श व पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post