जनकपुरधाम/मंसिर १ गते।खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई अमानवीय व्यवहार गरि बजार घुमाएपछि प क्राउ परेका जनमत पार्टीका कार्यकर्ताहरु रिहा भएका छन् ।
प क्राउ परेका सबै जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् । प क्राउ परेका १७ जनामध्ये १० जना ५०/५० हजार र ७ जना १/१ लाख रुपैयाँ धरौटी राखेर रिहा भएको बताए। सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजनामाथि मुद्दा चलाइएको थियो।
जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, विजयकुमार यादव, सञ्जय प्रधान, धनिकलाल कापर, कैलाशप्रसाद साह, श्यामसुन्दर मण्डल, सिरहाका महेशकुमार यादव, सौदी मण्डल, दुर्योधन यादव, प्रेमकिशोर यादव, रामकरण यादव, दिनेश रजक साफी, अमरनाथ साह, महोत्तरीका सञ्जयकुमार साह, वीरेन्द्र महतो, विक्रमकुमार साह र सर्लाहीका सञ्जयकुमार सिंह धरौटीमा रिहा भएका छन्।
कात्तिक ४ गते दिउँसो लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत पार्टीका कार्यकर्ताले कुशवाहालाई नियन्त्रणमा लिएर पैदलै हिँडाई जनकपुरधाम उपमहानगरपालिकासम्म लगेका थिए । घटनाकै दिन प्रहरीले ६२ जनालाई नियन्त्रणमा लिएको थियो। पछि बाँकीलाई छाडेर प्रहरीले १७ जनाविरुद्ध घटनाको अर्को दिन आपराधिक उपद्रव तथा अमानवीय व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो।















Discussion about this post