महोत्तरी/कार्तिक २८ गते।महोत्तरीमा आठ विगहा क्षेत्रफलमा लगाएको अवैध गाँजा खेती सशस्त्र प्रहरीले नष्ट गरेको छ ।

महोत्तरीको एकडाँरा गाउँपालिका ५ गोनाहा बथनाहा, वडा नं ३ अजमरपट्टी र वडा नं. ४ को रानिरतवारा लगायतको विभिन्न स्थानमा लुकाइछिपाइ ८ विगहा क्षेत्रफमा लगाइएको गाँजा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा फँडानी गरी नष्ट गरेको हो ।

सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरको नेतृत्वको टोलीले आइतबार ८ विगहा क्षेत्रफलमा लगाएको गाँजा खेती फँडानी गरी नष्ट गरेको हो।

सशस्त्र प्रहरीका डीआईजी मगरका अनुसार सशस्त्र प्रहरीका ४५ जना र नेपाल प्रहरीका ३० जनाक प्रहरीको संयुक्त टोलिले महोत्तरीको आठ विघा क्षेत्रमा लगाएको गाँजा फडानी गरी नष्ट गरिएको छ।उनका अनुसार सो क्षेत्रफलमा करिब ६ ट्रक मात्रामा गाँजा फडानी गरि बरामद गरेर नष्ट गरिएको हो ।

यस्तै,आइतबार सर्लाहीको लालबन्दी नगरपालिकामा १४ कामिटारमा ३ विगहा क्षेत्रमा लगाइएको गाँजा खेती नष्ट गरेको सशस्त्र प्रहरी जनाएको छ।


















Discussion about this post