जनकपुरधाम/कार्तिक २४ गते।जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १ मा एक युवकको श व फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१ मा लक्ष्मीनियाँ गाउँपालिकाको सपहीका १८ वर्षीय राजु यादवको श व फेला परेको हो । टिपरमा कामदारको रुपमा कार्यरत उनको शं काष्पद मु त्यु भएको छ ।
टिपरका साहु तथा चालक उनको करेन्ट लागेर मृ त्यु भएको दावी गरिरहेका छन् भने मृत्कका दाजु झगरु यादवले भाईको ह त्या टिपरले कि चेर भएको दावी गरिरहेका छन् ।
घटनास्थल पुगेको धनुषा प्रहरीले घटनामा शं काष्पद भन्दै ना १८ ख १२७५ नम्वरको टिपर चालक नागेन्द्र यादवलाई प क्राउ गरिसकेको छ भने टिपर चालक दिलिप यादव सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।
करिव साता अगाडि मात्र टिपरमा लेवरको रुपमा काम थालेका राजुको मृ त्युमा टिपर चालक र साहुका साथै सोहि वडामा टिपरले माटो भरिरहेको जग्गा धनी र संगै रहेको लिटिल च्याम्पस स्कुलका स्टाफहरुको समेत सहभागिता रहेको मृ तकका दाजु झगरुको भनाई छ ।
धनुषा प्रह्रीले टिपर चालक प क्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।
स्रोत -जनकपुर टुडे बाट

















Discussion about this post