nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफू सरकारी आवास कब्जा गरेर बस्ने, भ्रष्टाचारको आरोपमा अरूलाई ‘जनकारबाही’ गर्ने!

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २०, २०७८, १२:०४ मध्यान्ह
आफू सरकारी आवास कब्जा गरेर बस्ने, भ्रष्टाचारको आरोपमा अरूलाई ‘जनकारबाही’ गर्ने!

शैलेन्द्र महतो/जनकपुरधाम/कार्तिक २० गते।जनकपुरस्थित खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई अमानवीय व्यवहार गरेको समूहमा एक जना नेपाल सरकारकै पूर्वकर्मचारी पनि  संलग्न रहेको पाइएको छ। 

ढलनिकासका काममा ढिलासुसस्ती र भ्रष्टाचार गरेको आरोप लगाउँदै यही कात्तिक ४ गते डा. सीके राउत नेतृत्वको जनता पार्टीका नेता/कार्यकर्ताले खानेपानी तथा ढलनिकास कार्यालयका निमित्त प्रमुख कुशवाहालाई कार्यालयबाटै थुतेर कुट पिट गर्दै अर्धनग्न बनाएर हिलो छ्यापी जनकपुर बजार घुमाएका थिए। 

उक्त घटनामा नेपाल सरकारका पूर्वकर्मचारी ४४ वर्षीय सञ्जयकुमार सिंहको समेत संलग्नता रहेको पत्ता लागेको हो। उनी अहिले धनुषा प्रहरीको हिरासतमा छन्। सिंह जनमत पार्टीका केन्द्रीय सदस्य हुन्। घटनामा संलग्न रहेको आरोपमा पूर्वकर्मचारी सिंहलगायत १७ जनालाई प्रहरीले घटनाकै दिन नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको हो। म्याद थप गरी उनीहरूबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए। 

जनमत पार्टीका अध्यक्ष सीके राउतले भने मौलाउँदो भ्रष्टाचार र बेथितिविरुद्ध आफ्नो पार्टीले ‘जनकारबाही अभियान’ थालेको बताइरहेका छन्। तर निमित्त प्रमुख कुशवाहालाई जनकारबाहीका नाममा अमानवीय व्यवहार गर्ने घटनामा संलग्न पूर्वकर्मचारी सञ्जयकुमार सिंह स्वयं २ वर्षदेखि सरकारी आवास कब्जा गरेर बसिरहेको पनि खुलासा भएको छ। 

सिंहले कब्जा गरेकाे सरकारी आवास

सिंह सडक डिभिजन कार्यालय (मुजेलिया) का अवकाशप्राप्त कर्मचारी हुन्। उनी डिभिजन कार्यालयमा सवारीचालक थिए।स्थायी कर्मचारी उनले २०७६ कात्तिकमा कामबाट राजीनामा दिएका थिए। सडक डिभिजनबाट स्वेच्छिक अवकाश लिएका सिंहले सरकारी आवास भने अहिलेसम्म नछाडेका हुन्। उनको स्थायी घर सर्लाहीको बलरा नगरपालिका ६ मा पर्छ। सडक डिभिजन कार्यालय, ग्रामीण प्रशिक्षण केन्द्रको परिसरभित्र कर्मचारीहरूका लागि आवास गृह छन्। सोहीमध्ये एउटा आवास गृह सिंहले कब्जा गरेका हुन्। 

आवास अभावमा सडक डिभिजनकै कर्मचारी भने बाहिर डेरा लिएर बस्न बाध्य छन्। सिंहले कब्जा गरेको आवासमा जनमत पार्टीका नेता/कार्यकर्तासमेत बस्ने गरेको एक कर्मचारीले बताए।

‘प्रायः ताल्चा लगाएर क्वाटर बन्द राख्छन्। तर कहिलेकाहीँ टाढाका पार्टीका नेता/कार्यकर्तासहित आएर बस्छन्। पार्टीकै नाममा धाकधम्की देखाएर हालसम्म क्वाटर कब्जा गरेर बसेका छन्। डरले कसैले केही भन्दैनन्’, ती कर्मचारीले भने। 

सडक डिभिजन कार्यालयले भने आवास खाली गर्न पटकपटक लिखित तथा मौखिक ताकेता गरिरहेको छ। तर सिंहले टेरपुच्छर लगाएका छैनन्। 

कार्यालयको प्रशासन फाँटका नायब सुब्बा प्रमोद यादवले सरकारी आवास खाली गर्न सिंहलाई धेरैपटक लिखित/मौखिक ताकेता गरेको बताए। डिभिजन प्रमुख सञ्जय मिश्राले पनि २ वर्षदेखि सिंहले आवासमा ताल्चा लगाएर राखेको बताए। 

‘दुई वर्षदेखि किन आवास खाली गराउन सक्नुभएन?’भन्ने प्रश्नमा प्रमुख मिश्रले भने, ‘सिंह डिभिजनकै पूर्वकर्मचारी हुन्। अवकाश पाए पनि अहिलेसम्म क्वाटरमा ताल्चा झुन्ड्याएर राखेका छन्। क्वाटर खाली गर्न कार्यालयबाट बारम्बार लिखित र मौखिक ताकेता भएको छ। एकपटक म आफैंले पनि फोन गरेर भनेको थिएँ, क्वाटरको जरुरी छ, खाली गरदिनूस्। तर, अझै गरेका छैनन्।’

कार्यालयमा कर्मचारीको दरबन्दी बढ्दा आवासको अभावसमेत भएको अवस्थामा सिंहले आवास खाली गर्न नमानेको उनको भनाइ छ। प्रमुख मिश्रले अब सिंह प्रहरी हिरासतबाट रिहाँ हुँदा खाली गराउने बताए। 

पूर्वकर्मचारी सिंह स्वतन्त्र मधेस गठबन्धनकै बेलादेखि डा। सीके राउतका समर्थक थिए। पछि राउत मूलधारको राजनीतिमा आएपछि जनमत पार्टीको पहिलो अधिवेशनबाट सिंह केन्द्रीय सदस्य बनेका हुन्। 

स्रोत साभार-नेपालखबर बाट

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

उदाउँदो सूर्यलाई अर्घ दिदै छठको समापन

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

जनकपुरधाममा सार्वजनिक स्थलमा विज्ञापनको मनपरी, सम्बन्धित निकायको मौनतामाथि प्रश्न

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत, नयाँ सरकार गठन प्रक्रिया सुरु

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

अमेरिकामा ४ घण्टादेखि हवाई उडानहरू रोकियो, १५ लाख बढी यात्रु अलपत्र

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मणिपुरमा फेरि गोलीकाण्ड, दुईवटा गाडीमा गोली चल्दा ४ जनाको ज्यान गयो

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ मनाउन वीरगञ्ज जाँदै सभामुख

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

१०औँ राष्ट्रिय खेलकुदका लागि मधेस प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता सुरु

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

जानकी आँखा अस्पतालको सेवा प्रवाहबारे मन्त्री मेहता र सांसद झा द्वारा अनुगमन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि