अरुण कुमार यादव/सप्तरी/कार्तिक १६ गते। सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीहरु तलव माग्दै गाउँपालिकाका कार्यालय अगाडि आज प्रदर्शन गरेका छन् ।झण्डै २ सय बढी गाउँपालिका अन्तर्गत रहेका विद्यालयका शिक्षक, स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मी, कृषि, पशु सेवा लगायतका कर्मचारीहरुले गाउँपालिकाका केन्द्र रहेको छिन्नमस्ता बजार क्षेत्रमा परिक्रमा गरि कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई अषाढ यता तलव भुक्तानी नगरिएको भन्दै उनीहरु प्रर्दशनमा उत्रिएको जनाइएको छ ।कर्मचारीहरुले पछिल्लो सात महिनादेखि तलवविहीन रहेका छन् । गाउँपालिका कार्यालयमा करारमा कार्यरत रहेका मध्यै ७ जना कर्मचारीहरु त झण्डै डेढ वर्षदेखि तलवकै लागि संघर्ष गरि राखेका छन् ।
आन्दोलनरत कर्मचारीहरुमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरु समेत रहेका थिए ।
जनप्रतिनिधिहरु बीच आपसी तालमेलको अभावका कारण पछिल्लो दुई वर्ष यता छिन्नमस्ता गाउँपालिकाले आफ्नो गाउँ सभा समेत गर्नसकेका छैन् । यता केन्द्रले प्रमुख प्रशासकीय अधिकृत लगायत आवश्यक कर्मचारी नपठाएका कारण पनि गाउँपालिका लथालिङ्ग अवस्थामा पुगेको स्थानीयबासीको भनाई छ ।















Discussion about this post