सिरहा/कार्तिक १५ गते।सिरहामा एक युवक धानखेतमा मृत फेला परेका छन् । सुखिपुर नगरपालिका ४ लड्कन्हा देखि दही पौडी जाने सडक खण्डमा धान खेतमा एक युवक मृत फेला परेका हुन् ।
मृत फेला परेका युवक औरही गाउँपालिका ४ का २५ वर्षीय सचिन यादवको रहेको प्रहरीले जनाएको छ । स्थानीयले शव हेरेपछि प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले श व पोष्टमार्टमका लागि सिरहा पठाइएको छ । उनको मृत्यु कसरी भएको विषयमा केहि खुल्न सकेका छैन । औरहीबाट कसरी त्यहाँ पुगेको कुरा पनि नखुलेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

















Discussion about this post