अरुण कुमार यादव/सप्तरी/कार्तिक १४ गते।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।

तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले सप्तरीको जनता माध्यमिक बिद्यालय तोपामा आयोजना गरेको निःशुल्क अाँखा शिविरमा पाँच सयको उपचार गरिएको मध्य ३०० सयमा मोतिया बिन्द भेटिएको युवाअभियनता कौशल कुमार यादवले बताए ।

उनका अनुसार निःशुल्क अाँखा शिविरको साथै त्यहाँ आयोजना गरिएको कान शिबिरबाट २०० सयको समेत उपचारका गरिएको छ।सगरमाथा चौधरी अाँखा अस्पताल लहानका बरिस्ठ चिकित्सकहरुले उक्त आँखा र कानको जाँच गरिएको थियो ।

यसैबिच निःशुल्क अाँखा शिविरमा फेला परेका मोतिया बिन्द भएकोलाई निःशुल्क अपरेशन समेत गरिने आयोजनक संस्थाले जनाएको छ ।




















Discussion about this post