सिरहा/कार्तिक ४ गते।सिरहामा अफै चढेको रथबाट लडेर एक बालकको मृ त्यु भएको छ ।
सिरहामा मोहम्मद पैगम्वरको जन्मोत्सवको अवसरमा आयोजित र्यालीमा नगर परिक्रमा गरि फर्कने क्रममा रथबाट लडेर घाइते सिरहा नगरपालिका १२ सारस्वरका मो. इस्लाम राइनको छोरा १० वर्षिय जाहिद राइनको मृ त्यु भएको हो ।
रथबाट लडेलगतै रथको पाङ्ग्राले किचेर घाईते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याएपनि उनको उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी शुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले रथ नियन्त्रणमा लिएपनि चालक फ रार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

















Discussion about this post