बिराटनगर/कार्तिक ३ गते।विराटनगर विमानस्थल जलमग्न भएको छ । विमानस्थल जलमग्न भएपछि बुद्ध र यति एयरले त्यहाँका सबै उडान रद्ध गरेका छन् ।
विमानस्थलका रनवे, पार्किङ एरियालगायतमा केसलीया खोलाको बाढी पसेपछि जलमग्न भएको हो । बुद्ध तथा यति एयरले काठमाडौं-विराटनगरका लागि आज तय भएका सबै उडान रद्ध गरिएको जानकारी दिएका छन् ।
‘वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध हुँदा आजको हाम्रो काठमाडौं–विराटनगरको सम्पूर्ण उडान रद्द गरिएको छ,’ बुद्ध एयरले भनेको छ ।





















Discussion about this post