nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाँचल क्षेत्रमा यसरी मनाइँदैछ कोजाग्रत पूर्णिमा , जानकी मन्दिरमा आज कोजगरा महोत्सव

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ३, २०७८, १२:१७ मध्यान्ह
मिथिलाँचल क्षेत्रमा यसरी मनाइँदैछ कोजाग्रत पूर्णिमा , जानकी मन्दिरमा आज कोजगरा महोत्सव

जनकपुरधाम/कर्तिक ३ गते। अविरल वर्षाको कारण यस वर्षको कोजाग्रत पर्व प्रभावित बनेको छ ।कार्तिक पुर्णिमाको दिन मनाईने कोजाग्रत यस वर्ष दुई दिन मनाउने भएको हो ।

मिथिलाँचल क्षेत्रमा नवविवाहिताहरु वरको कोजाग्रात पर्व मनाउने परम्परा रहिआएको छ भने जानकी मन्दिरमा विशेष रुपमा यस दिनलाई महोत्सवको रुपमा मनाउने गरिएको छ ।परापूर्व कालदेखि नै जानकी मन्दिरमा महोत्तरीको रतौलीबाट १ सय ८ वटा कोशेली (भार) जानकी मन्दिरमा विधिवत रुपमा पठाउने परम्परा छ ।

यस वर्ष जानकी मन्दिरमा कोजाग्रात महोत्सव बुधबार मनाउने भएको हो भने सर्वसाधारणहरुले मंगलबार नै भोजभतेरको आयोजना गरेका छन । विधिवतरुपमा महालक्ष्मीको पूजापाठ गर्दै यस वर्षको विजयादशमी पनि कोजाग्रात पूर्णिमा संगै समापन हुनेछ ।

कोजाग्रत पूर्णिमाका दिन रातभर जाग्राम रहने चलन छ । मिथिला क्षेत्रमा कोजाग्रतलाई कोजगरा भन्ने गरिन्छ ।
यस दिन पान, मखान, फलफूल, दही र मिठाई महत्वपूर्ण मानिन्छ । मिथिला क्षेत्रमा मंसिर, माघ, फागुन, जेठ र असार महिनासम्ममा विवाह भएका वरलाई बेहुली पक्षबाट बेहुलाको घरमा भार (कोसेली) पठाउने चलन छ । भारमा पान, मखान, फलफूल, दही, मिठाइ, सौंफ, मुमफली अनिवार्य नै हुन्छ भने बेहुला सहित उनको परिवारका हरेक महिला सदस्यका लागि कपडा पनि लाने परम्परा रहिआएको छ।

बेहुलीको घरबाट बेहुलाको घरमा भार आएपछि बेहुलालाई चुमाउने गरिन्छ । अर्थात चुमाओन गरिन्छ । पुरोहितले मन्त्रोच्चारण गर्दै बेहुलालाई चुमाएपछि ठूलाबडाले दुर्वाक्षत सहित आर्शिवाद दिने गर्छन् । यस दिन बेहुलाहरुलाई मिथिलाको पाग लगाइ दिदैं ससुरालीबाट आउने कपडा पहि¥याउने गरिन्छ । बेहुलीकै घरबाट आउने डाला, धान, अक्षता, दही, केराजस्ता पूजा सामग्रीबाट बेहुलालाई चुमाउने गरिन्छ । बेहुलाको टाउकोदेखि खुट्टासम्मको पाँच प्रमुख स्थानलाई चुमाउने चलन छ । चुमाओन गरिनु भनेको एक मिसिमको आर्शिवाद दिनु हो ।

चुमाओन विधि सकिएपछि सामूहिक रुपमा भोजजस्तै खानपिनको आयोजना गरिन्छ । क्षमता हुनेले ठूलो भोजकै आयोजना गर्छन् यस दिन । यस अवसरमा मिठाइ, मखान, पान बाँड्नैपर्ने हुन्छ । खानपिनपछि कौडा सहित पचिसी खेल्ने चलन छ । आठ कौडीहरू र सोह्र गोटीद्वारा पासाका चौसठ्ठी बेहुला र बेहुलीका दाजु वा भाईबीच खेलिन्छ । बेहुली पक्षबाट यस दिन भारका साथै अन्य सामानहरु पनि दिने चलन छ । आभूषण, औंठी, छाता, घडी पनि बेहुला पक्षलाई बेहुली पक्षले दिनुपर्ने हुन्छ । यस दिन छोरीको विवाह गर्दा प्रतिबद्धता गरे अनुसारको बाँकी रहेका दाइजो पनि दिने चलन छ । यस दिन बेहुली पक्षबाट कम्तीमा पाँच जनादेखि ११ या १५ जनासम्म भार लिएर आउने गर्छन् । क्षमता हुनेले सय वटासम्म र नहुनेले कम्तीमा ११ वटासम्म भार पठाउनुपर्ने हुन्छ ।

छोरीको विवाह भएर विदाई गर्ने बेलामा दिइने कोसेली झैं कोजगरा पर्वमा पनि कोसेलीहरु दिइने गरिन्छ । मिथिला संस्कृति अनुसार यसअघि मधुश्रावणीका दिन बेहुलाको घरबाट बेहुलीको घरमा भार पु¥याउनुपर्ने हुन्छ । शरद पूर्णिमाको चन्द्रमालाई पूर्णयौवन सम्पन्न चन्द्रमा मानिन्छ। यस दिनको ज्योत्स्नामा अमृत तत्वको वर्षा हुने विश्वास रहेको छ । कोजागरा पर्वलाई जागृति पर्व पनि मानिएको छ। त्यसैले यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकार गरेको पाइन्छ ।

मैथिल संस्कृति अनुसार यो पर्व पारिवारको समृद्धि र सौभाग्यका लागि मनाइजे जनविश्वास छ। मैथिली संस्कृतिमा कोजागरालाई निर्मल, धवल एवम् शीतल रातिका रूपमा प्रसिद्ध मानिएको छ । यस अवसरमा कुँवेर र इन्द्रको पूजा पनि गरिने प्रचलन छ। मैथिल संस्कतिको एउटा प्रमुख अंग रहेको सो पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एक अर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने गर्छन्। कोजगराका दिन जनकपुरधामस्थित जानकी मन्दिरमा उत्सव नै मनाइन्छ ।

यो उत्सवमा जानकी मन्दिरका महन्थले भगवान् राम र माता सीताको प्रतीकात्मक कोजागरा गर्ने गर्छन् । यस दिन महोत्तरीको रतौलीबाट आउने भार आउँछ । बनौली निवासी महेन्द्र ठाकुरको घरबाट फलफूल मिठाई दही च्यूरा, पान मखानसहितका १ सय ८ वटा भार आउने परम्परा अझ कायम रहेको छ । बुधबार भार पठाईने तयारी भईसकेको जनाईएको छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

अविरल वर्षा र पहिरोले बीपी, अरनिको र कर्णालीसहित प्रमुख राजमार्ग अवरुद्ध

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

विश्वमा आज: पहिलो अफ्रिकी मुलकी महिला अन्तरिक्षमा

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

नेपालमा आज: देउवा र कार्की पहिलो पटक प्रधानमन्त्री भएको दिन

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

आज गुंला पर्वको समापन, जहाँ छ स्वयम्भू, नागदह र मञ्जुश्रीको कथा

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि