असोज ३१ गते।आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले श्रीमती र उनको प्रेमीलाई पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका-७ बेली बस्ने २५ वर्षीय रमेश चौधरीको ह त्या गरेको अभियोगमा उनकै श्रीमती २७ वर्षीया अमृता चौधरी र सोही ठाउँ बस्ने २९ वर्षीय विष्णु चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
रमेश चौधरी शनिबार बिहान सोही ठाउँस्थित खुटिया नदी नजिक मृत अवस्थामा फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक समेतको टोली, सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा रमेशको ह त्या भएको खुल्न आएपछि घटनामा संलग्न उनीहरूलाई प क्राउ गरेको हो ।
अमृता र विष्णुबीच विगत केही वर्षदेखि सम्बन्ध रहँदै आएकोमा शुक्रबार राति रमेशले आफ्नो घर नजिक परालको थुप्रोमा उनीहरूलाई आ पत्ति जनक अवस्थामा फेला पारी कुटपिट गर्दा विष्णुले प्रतिकार गरी अमृताको सहयोगमा घाटी थिची ह त्या गरेको र शव बोकेर करिब १ सय ५० मिटर टाढा चौरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















Discussion about this post