महेश सिंह/सिरहा/असोज ३१ गते।लाहान नगरपालिकामा रहेका सामुदायिक सिकाई केन्द्रका शिक्षिकाहरु महिनौं देखि तलब नपाएर बिचल्लीमा परेका छन् । १५ महिनादेखि तलब नपाउँदा दशैं समेत खल्लो भएको भन्दै उनीहरु लहान नगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।
तलबको लागि पटकपटक लाहान नगरपालिकाका मेयर मुन्नी साह सुडी र प्रमुख प्रशासकिय अधिकृत खेम भुसाललाई हारगुहार गरेपनि केहि सीप नलागेपछि शिक्षिकाहरु आन्दोलन गर्नुपर्ने अवस्थामा पुगेको परिचालिका रन्जु कुमारी महतोले बताईन।
मेयर साहको यस्तो प्रवृत्तिलाई तानाशाही भन्दै लाहान २ निवासी ज्ञानकुमार सिंहले चर्को विरोध गरेका छन् । सिंहले पीडित शिक्षिकाहरुको तलब यथाशीघ्र वितरण गर्न जोडदार माग गरेका छन् ।

















Discussion about this post