धनुषा/असोज ३१ गते।धनुषामा एक पुरुषको शव फेला परेको छ ।
नगराइन नगरपालिका वडा नम्बर ५ स्थित गंगुलीबाट नवटोली जाने बाटो छेउमा सिरहाको एक युवककोघाँटी रेटेर हत्या भएको अवस्थामा आइतबार बिहान शव फेला परेको थियो । उक्त शव सिरहा मिर्चैया नगरपालिका वडा नम्बर ८ बस्ने सञ्जीव पण्डितको रहेको खुलेको हो।
धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
राति नै कसैले घाँटी रेटेर पण्डितको हत्या गरेको हुन सक्ने धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलबाट मुचुल्का गरी शव पोस्टमार्टमको लागि जनकपुरधाम स्थित प्रादेशिक अस्पताल ल्याएको छ । घटना बारे थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

















Discussion about this post