nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लाखौंको लुटपाट

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३०, २०७८, १:४५ मध्यान्ह
धनुषाको कुस्ती खेलमा विवाद : महोत्तरीका श्याम यादवको घरमा आक्रमण गरी लाखौंको लुटपाट

महोत्तरी/असोज ३० गते।कुस्ती खेलमा भएको विवादलाई लिएर महोत्तरीमा एक रेफ्रीको घरमा संघातिक आक्रमण तथा लुटपाट भएको छ ।

महोत्तरीको भंगहा नगरपालिका ८ अनारवनका कुस्ती खेलका रेफ्री तथा साहित्यकार श्याम यावदको घरमा शुक्रबार साँझ आक्रमण भएको हो ।

साँझ साढे ७ बजेको समयमा स्थानीय रामछबिला यादव, उनका बहिनी ज्वाइँ महोत्तरी कै लोहारपट्टी नगरपालिका १ बगरकाका वडासचिव सर्वोस यादव, भाई राजिशरण यादव (पहलमान), रामछबिलाका भाई आयुर्वेद स्वास्थ्यकर्मी सुशील यादव लगायतले घरमा आक्रमण गरेर लखौं लुटपाट गरेको पीडित श्याम यादवले बताए ।

पीडित श्याम यादवका अनुसार ६५/७० जनाको समूहमा भाटा, घरेलु हतियार सहित आएका उनीहरुले घरमा तोडफोड गरि आक्रमण गर्दै घर भित्र  पसेर गरगहना र नगद सहित पाँचलाख भन्दा बढीको सरसमान लुटेर लगेका हुन् । अढाइ तोला सुन र १ लाख ९६ हजार रुपैयाँ लुटेर उनीहरुले लगेको श्याम यादवको आरोप छ ।

आक्रमणबाट श्याम यादवका दाई सुरेन्द्र यादव र रामबाबु यादवलाई चोटपटक लागेको छ । घरका अन्य सदस्यहरु घर भित्र लुक्दा बाँच्न सफल भएको पीडित श्यामले बताए ।

आक्रमण गर्ने पक्षले शनिबार बिहान श्याम यादवको ज ८ प ४७०९ नम्बरको मोटरसाइकल समेत खोसेका छन् । श्यामका भतिज औषधि ल्याउन पररिया गएको बेला रामछबिला पक्षले मोटरसाइकल खोसेको श्याम यादवले बताए ।

घरमा आक्रमण भएको घटनाको प्रहरीचोकी लोहारपट्टीले पुष्टि गरेको छ । प्रहरीचोकीका इन्चार्ज सई रामकुमार यादवले श्याम यादवको घरमा अक्रमण भएको र त्यसबाट क्षति समेत भएको बताए ।

बाकसहरु तोडफोड भएको समेत आफुहरु घटनास्थलमा पुगेर हेरेको प्रहरीको भनाइ छ । ती पक्षले मोटरसाइकल समेत खोसेको र मोटरसाइकल नियन्त्रणमा लिएर बुझाएको सइ यादवले बताए ।

पीडित परिवारले आफुहरुलाई सुरक्षा दिनुको साटो प्रहरीले उल्टै आएर धम्काएको आरोप लगाएको छ । ​

घटना बटेश्वर गाउँपालिका वडा नंं. ५ स्थित दुर्गा पुजाको अवसरमा आयोजन भएको कुस्ती खेलमा रेफ्रीको विवादलाई लिएर भएको बुझिएको छ । कुस्ती खेलमा लोहारपट्टी नगरपालिका १ का वडाध्यक्ष राजिशरण यादव पहलमान रेफ्री थिए । त्यस अघि श्याम यादव रेफ्री रहेका थिए । राजिशरण यादवलाई कुस्ती खेल आयोजक समितिले हटाएका थिए । आयोजकले रेफ्रीबाट हटाए कै निहुमा आफ्नो घरमाथि राजिशरणको समूहले आक्रमण र लुटपाट गरेको पीडित श्याम यादवले बताए ।

महोत्तरीका एसपी दिनेश आचार्यले दुई पक्षबबीच मेलामा भएको विवादकोे विषयमा नै पुन : गाउँमा बिबाद भएको बताए ।

सई यादवका अनुसार दुबैपक्ष बिच लामो समय देखि मुद्दा मामिला तथा दुश्मनी चलिरहेकोले मेलाबाट फर्केपछि बिबादको  क्रममा यस्तो घटना भएको हुन सक्छ।

घटना पश्चात जिल्ला प्रहरीबाट दुबै पक्षलाई पठाउन निर्देशन आएकोले सोहि अनुसार गर्ने उनले बताए ।

साभार-टुडेपाटी बाट

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

रसुवाको बाढीमा बेपत्ता गंगारामको ३२ दिनपछि कुशको शव बनाएर अन्तिम संस्कार

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी  ‘विनाशकाले विपरीत बुद्धि’

गगन थापालाई ‘गैंग्सटर’ भन्नेहरूप्रति रामसरोज यादवको टिप्पणी ‘विनाशकाले विपरीत बुद्धि’

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

लालबकैया नदीमा हराएका सचिन्द्रको शव १० किलोमिटर तल भेटियो

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

राराब क्याम्पस प्रमुखविरुद्ध विद्यार्थीहरु धर्नामा, मनपरी खर्च गरेको आरोप

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

आस्था बोकेर आउने महिलालाई असहजता : जनकपुरका पवित्र पोखरीमा चेन्जिङ रुम र सुरक्षित स्नानघाट कहिले

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा बेपत्ता सेनाका जवान साहको एक महिनापछि कुशको शव बनाएर अन्तिम संस्कार

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

अविरल वर्षासँगै देशका प्रमुख नदीहरूमा जलसतह बढ्यो, मन्त्रालयद्वारा उच्च सतर्कता र अनुगमन तीव्र

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

सोह्र श्राद्ध असोज ११ गतेदेखि, यस्तो छ महत्त्व

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

मधेश–कोशीबीच आर्थिक साझेदारी, बजेट र पर्यटनमा संयुक्त पहल

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि