सप्तरी/असोज २३ गते।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कारपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा आज ज्यान गएको छ ।
ज्यान जानेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नंको स्कारपियो गाडीले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका उनलाई एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा ज्यान गएको प्रहरीको भनाइ छ।
यता दुर्घटना गराउने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।














Discussion about this post