जनकपुरधाम/असोज २१ गते।आजदेखि दशैं सुरु भएसंगै जनकपुरधामको दसैंको रौनक छाएको छ । जनकपुरधामका शक्तिपिठहरुमा श्रद्धालुभक्तजनहरुको घुँईचो देखिएको छ । बजारमा भिडभाड बढेको छ भने, जनकपुरधाम दशैंमय बनेको छ ।

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिर नवदुल्ही
बेहुली झैं सजाइएको छ । राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट बनाई झिलिमिली बत्ती जडान गरिएको छ । राजदेवी मन्दिर क्षेत्रमा सर्वसधारणको घुइँचो लागेको छ । दसैंमा राम मन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बनेको छ ।

यस्तै प्रत्येक वर्ष दशमीकै अवसरमा जनकपुरधामको भ्रमरपुराचोक, विद्यापति चोक, राम चोक, रामानन्द चोक र ब्रह्मर्षि चोकलगायतका स्थानमा नवदुर्गाको प्रतिमा बनाएर विशेष प्रकारले पूजाअजा र मेला लगाउने गरिन्छ ।

जनकपुरधामका शक्तिपीठहरुमा दिउँसो भन्दा पनि राति झिलिमीलिको कारण निकै मनमोहक एवं आकर्षक देखिन्छन् । साँझको समयमा यहाँका शक्तिपीठहरुमा श्रद्धालुभक्तजनको घुइँचो लाग्ने गर्दछ ।
























Discussion about this post