सिरहा/असोज १९ गते।दसैँलगायतका चाडपर्वमा हुने पशु ब लि रोक्न दबाब दिने उद्देश्यले सिराहामा प्रदर्शन भएको छ। ब लि प्रथा रोक्न, स्वच्छ समाज निर्माण गर्न, दाइजो र नशामुक्त समाज निर्माणलगायतका मागसहित सन्त रामपालजी महराजका अनुयायीहरूले सदरमुकाम सिराहामा प्रदर्शन गरेका हुन्।
सिराहा क्याम्पसबाट पूर्ण ब्रह्म कवीर उपासक समाज शाखा कार्यालय मिर्चैयाको अगुवाइमा सदरमुकाम सिराहामा प्रदर्शन गरिएको हो। समाजका संयोजक हरिगोविन्द दासले ब लि प्रथा रोक्न मागसँगै समाजिक जागरणका निम्ति आफूहरूले दबाबस्वरूप र्याली निकालेको बताए।
बद्ढो भ्रूण ह त्या रोक्नुपर्ने, जाति प्रथा र छुवाछुतको अन्त हुनुपर्नेमा आफूहरूको जोड रहेको संयोजक दासले बताए। सिराहा क्याम्पसपरिसरबाट निस्किएको जुलुसले सदरमुकामको विभिन्न चोकको परिक्रमा गरेको थियो।
समाजले आज नै रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ । जिल्लामा रगत अभाव कम गर्न आयोजना गरिएको कार्यक्रममा ७६ जनाले रक्त दान गरेकाे आयाेजकले जनाएको छ।
सभार-सुरेन्द्र कुमार कामती/नयाँ पत्रीका

















Discussion about this post