सिरहा/असोज १८ गते । सिरहा प्रहरीले चिठ्ठा परेको भन्दै अनलाइन मार्फत लाखौं रुपैयाँ ठ गी गर्ने एक युवकलाई प क्रा उ गरेको छ ।
‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठ ग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका ८ का ३४ वर्षिय दिपेन्द्र दासलाई नियन्त्रणमा लिएको हो ।
दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठ ग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उक्त चिठ्ठा परेको सामाग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बैंकको खाता नम्बर दिई ८ लाख ६५ हजार रकम जम्मा लगाई ठगी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















Discussion about this post