अरुण कुमार यादव/सप्तरी/असोज १६ गते । सरकारले तोकेको बमोजिम मासिक तलब राजविराज नगरपालिकाले नदिएको भन्दै आन्दोलन संघर्ष समितिले शनिवार दोश्रो चरणको आन्दोलको घोषणा गरेका छन ।
राजविराजस्थित नेपाल पत्रकार महासंघमा शनिवार एक पत्रकार सम्मेलन गरि सप्तरीका बाल शिक्षकहरुद्वारा सो दोश्रो चरणको आन्दोलन घोषणा गरेका हुन ।
नेपाल सरकारद्धारा आर्थिक बर्ष २०७८÷०८९ को बजेट अनुसार समुदायिक बिद्यालयमा कार्यरत बालशिक्षक र बिद्यालयका कर्मचारीहरुको तलब सुबिधा उपलब्ध गराउनुपर्ने ,समुदायिक बिद्यालयमा कार्यरत शिक्षकहरुको छुट प्राबिधिक ग्रेड उपलब्ध गराउनुपर्ने साथै समुदायिक बिद्यालयमा कार्यरत भई अनिवार्य अवकास तहत सेवा निवृत हुनु भएका शिक्षकहरुको छुट प्राबिधिक ग्रेड समेत उपलब्ध गराउनुपर्ने लगायतका माग सहित उनीहरुले दोश्रो चरणका आन्दोलन घोषण गरेका छन ।
दोश्रो चरणको आन्दोलन कार्यक्रम अनुसार २०७८ असोज १७ गते आइतबारदेखि निरन्तर रुपमा बिहान ११ बजेदेखि बेलुका ३ बजे सम्म राजविराज नगरपालिकाको मुल गेटमा धर्ना दिने लगायतका कार्यक्रम सार्वजनिक गरेको जनाइएको छ । तर कहिले सम्म धर्ना कार्यक्रम राखिने भने खुलाइएको छैन ।
विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको भन्दै उनीहरुको गुनासो छ ।
आयोजित पत्रकार सम्मेलनमा सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रिएको आन्दोलन संघर्ष समितिका संयोजक सुमित्रा दासले बताएकी छिन ।
सरकारले बजेट भाषणमा बालविकासका शिक्षकहरुका लागि १५ हजार मासिक तलब दिन सार्वजनिक गरे पनि सोही अनुरुप राजविराज नगरपालिकाले तलव नदिंदा बाध्यभएर आन्दोलन गनुपरेको उनले बताए ।
नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ ।
पहिलादेखी पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी शिक्षिकाहरुको भनाई छ ।
पत्रकार समेलनमा राष्ट्रिय शिक्षक मंच(प्राबिधिक)का चुनचुन यादव,नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बैजनाथ यादव,नेपाल शिक्षक महासंघका अध्यक्ष दिनेश प्रसाद यादव,नेपाल शिक्षक संघका सचिव बिश्वनाथ भदेश्वर यादव,नेपाल शिक्षक संघका अध्यक्ष शैलेन्द्र कुमार मंडल ,बिद्यालय कर्मचारी परिसदका अध्यक्ष भगवती प्रसाद चौधरी , आन्दोलन संघर्ष समितिका संयोजक सुमित्रा दास र संघर्ष समितिकी सदस्य सचिव विभा झा लगायत बिभिन्न शिक्षक ,शिक्षिकाहरुको उपस्थित रहेको थियो । यसैबिच यस्तो आन्दोलन खडक नगरपालिकामा समेत जारी रहेको जनाइएको छ ।
राजविराज नगरपालिका अन्तर्गतका ४२ वटै विद्यालयमा कार्यरत ४२ जना कर्मचारी र ७८ जना बालशिक्षक ,बालविकासका शिक्षिकहरु कार्यरत छन ।
यसअघि ज्ञापन पत्र बुझाएर प्रथम चरणकाको आन्दोलन कार्यक्रम सम्पन्न गरिसकेका छन ।

















Discussion about this post