सिरहा/असोज ९ गते।इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट अढाई महिनाअघि भागेका एक युवक प क्रा उ परेका छन् ।
अढाई महिनाअघि गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार प क्रा उ गरिएको प्रहरीले जनाएको छ ।
लागू औ’षध मु’द्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी भागेका थिए । उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट प क्रा उ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
प क्रा उ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

















Discussion about this post