सिरहा/असोज ८ गते । गोलबजारमा बेवारिसे अवस्थामा एक पुरुषको श व फेला परेको छ । गोलबजार नगरपालिका ८ भाइजी टोलमा अन्दाजी ६५ वर्षीय पुरुषको श व फेला परेको हो ।
केही दिन अघिदेखि गाउँघरमा मागेर खाने र जहाँ त्यहीँ बस्दै हिडेका ती पुरुष आज (शुक्रवार) स्थानीयले बाटोमा मृ त अवस्थामा फेला पारेका थिए ।
स्थानीयमार्फत उक्त सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी घटनास्थल पुगेको इलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर सन्तोष राईले बताउनुभयो ।
शव पोस्टमार्टमका लागि लाहनस्थित रामकुमार उमाप्रसाद स्पमारक अस्पताल लगिएको उहाँले जानकारी दिनुभएकाे छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलाय सिरहाले जनाएको छ ।

















Discussion about this post